लक्ष्मी ऐर
डडेल्धुरा, पुस १० गते । डडेल्धुरामा मगंलबार बसले मोटरसाईकललाई ठक्कर दिएर मृत्यु भएकाका आफन्तजनबाट क्षतीपुर्ति र बस चालकमाथी कानुनी कारबाहीको माग राख्दै आजपनि राजमार्ग अबरुद्ध भएको छ । मंगलबार दिउँसो बसको ठक्करबाट ज्यान गुमाएका युवकका आफन्तले भीमदत्त राजमार्ग र केआईसिंह राजमार्गमा टायर बालेर सडक बन्द गराएका हुन ।
मृतकको परिवारलाई क्षतीपूर्ती र बस चालकलाई कानुनी कारवाहीको माग गर्दै पिडितपक्षले अमरगढी नगरपालिका १ स्याउले बजारमा टायर बालेर सडक अवरुद्ध पारेका छन ।
मंगलबार महेन्द्रनगरबाट बझाङ जाँदै गरेको ना ७ ख ६५२२ नम्बरको बस र जिल्ला सदरमुकाम बागबजार देखि सकायल तर्फ गइरहेको से ४ प ५८८० नम्बरको मोटरसाइकल एकआपसमा ठोकिदा मोटरसाइकलमा सवार अमरगढी नगरपालिका वडा नम्बर ११ सल्लाघारीका २० वर्षिया भरत बोहराको घटना स्थलमै मृत्यु भएको थियो ।
मृतकको शव डडेल्धुरा अस्पतालको पोष्टमार्टम कक्षमा राखिएको छ । दुर्घटनामा मोटरसाईकल चालक गन्यापधुरा गाउँपालिका–३ सेल्तडाका १९ वर्षिया महेश ठगुन्ना गम्भीर घाइते भएका छन । घाईते ठगुन्नाको सेती अञ्चल अस्पताल धनगढी गरिएको छ । बस र बस चालक वीरेन्द्रबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाईकल तिब्र गतिका कारण अनियन्त्रीत भई बससंग ठोकिदा दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
