Amargadhi Post

रिहा भए पूर्वसभामुख महरा

अमरगढी रैबार सम्बाददाता
काठमाण्डौ,फागुन,५ गते । बलात्कार प्रयास मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट विदा भएका छन । उनलाई कारागारमै रहेमा पूर्व प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरे। महरा कारागारबाट नीजि कार चढेर घरतर्फ लागेका छन्।
सोमबार काठमाडौं जिल्ला न्यायाधीश अमरराज पौडेलको एकल इजलासले निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको थियो। महराको रिहाईको आदेश पछि स्वागतको लागि कार्यकर्ता तथा शुभेच्छुकहरुको डिल्लीबजार कारागार पुगेका थिए।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।