Amargadhi Post

राष्ट्रपति भण्डारी १६ गते डडेल्धुरा आउनुहुने

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,फागुन,१३ गते । राष्ट्रपति विद्यादेवी भण्डारी यहि फागुन १४ गतेदेखी सुदूपश्चिम प्रदेशका चार जिल्ला भ्रमणमा आउनुहुने भएको छ । डडेल्धुरामा रहेको शक्तिपिठ उग्रतारा मन्दिरको दर्शन गर्न राष्ट्रपति भण्डारी १६ गते बिहान १० ः ०० बजे आउनुहुने कार्यक्रम रहेको जनाएको छ ।
१४ गतेदेखि १६ गते सम्म प्रदेशका ५ जिल्लामा हुने ८ कार्यक्रममा राष्ट्रपति भण्डारी सरिक हुने कार्यक्रम रहेको जनाएको छ । फागुन १४ गते मध्यान्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्धघाटन र सोही दिन २ बजे शिवनगर खानेपानी आयोजनाको निरिक्षण गर्ने कार्यक्रम रहेको छ । यसैगरी फागुन १५ गते विहान १० बजे दार्चुला स्थित मालिकार्जुनको दर्शन, ११ बजे मालिकार्जुन माविको निरिक्षण, २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवतीको दर्शन, ३ बजे बैतडीको पाटनमा रहेको भीमदत्त पोलि टेक्नीक इन्च्युटको भवन उद्धघाटन गर्ने कार्यक्रम रहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
यसैगरी १६ गते विहान १० बजे डडेल्धुरा स्थित उग्रताराको दर्शन र १ बजे कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिब शिब ओलीले जानकारी दिनुभएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।