Amargadhi Post

डडेल्धुरामा एक महिने सवारी चालक तालिम सुरु

लक्ष्मी ऐर
डडेल्धुरा,माघ,१३ गते । सिप सिकाउ,बेरोजगारी युबालाई रोजगारी दिउ भन्ने उदेश्यका साथ आज देखि डडेल्धुरामा एक महिने ड्राईभिङ तालिम सुरु भएको छ ।
सिखर नगरपालिका डोटीको आर्थिक सहयोगमा डोटीका एकदर्जन दलित युबा लक्षित कार्यक्रम अनुसार डडेल्धुरामा रहेको उग्रतारा ड्राईभिङ सेन्टर मार्फत एक महिने तालिमको आजबाट सुरुवात भएको हो ।


अमरगढी नगरपालिका वडा नं.८ का वडा अध्यक्ष नरबहादुर साकीको अध्यक्षतामा सम्पन्न भएको तालिमको उद्घाटशत्रको प्रमुख अतिथी सिखर नगरपालिका डोटीका नगर प्रमुख सिताराम जोशी रहनु भएको थियो ।
सुदुरपश्चिम प्रदेशको सात पहाडी जिल्लामा एकमात्रै अत्याधुनिक सुबिधा सहितको ड्राईभिङ ट्रायल सेन्टर मार्फत एक महिने दलित युबाहरुलाई स्वरोजगार बनाउनका लागी तालिमको आयोजना गरिएको नगर प्रमुख जोशीले बताउनुभयो ।
युबा लक्षित कार्यक्रम अन्र्तगत नगर स्तरीय दलित सञ्जालको प्रस्ताबनामा नगरपालिकाले उक्त बजेट बिनियोजित गरिएको थियो । बेरोजगार युबाहरुलाई ड्राईभिङ तालिम मार्फत सहजरुपमा रोजगारी प्राप्त गर्न सहज हुने भएकाले आफुहरुले यो तालिम उग्रतारा ड्राईभिङ तालिम सेन्टरसंग सम्झौता गरेर अघि बढाएको नगर प्रमुख जोशीको भनाई थियो ।  डडेल्धुरामा रहेको उग्रतारा ड्राईभिङ्ग टे«निङ्ग सेन्टरमा अहिले सम्म ४०० जनाले तालिम लिएर लाईसेन्स प्राप्त गरि ड्राईभिङ पेशामा आबद्ध रहेको सेन्टरका संचालक तेजबहादुर ऐरले जानकारी दिनुभयो । उहाँले पहाडी जिल्लालाई लक्षित गरेर झण्डै एक करोड भन्दा बढी लगानीमा निर्माण गरेको ट्रायल सेन्टर अबको केही महिनापछि यातायात सेवा कार्यालय डडेल्धुराले लाईसेन्स समेत यहीबाट बितरण गर्नेगरि अघि बढीरहेको ऐरले जानकारी दिनुभयो ।

 
पहाडी जिल्लाको डडेल्धुराबाट लाईसेन्सन बितरण गर्ने सकिने गरि प्रदेशको भौतिक पुर्बाधार तथा यातायात मन्त्रालयले कामकारबाही अघि बढाएकाले यहाँका युबायुबतीहरुले सहज रुपमा सेवा पाउने छन । अमरगढी नगरपालिका– ८ को डकलेमा रहेको टे«निङ्ग सेन्टरका मंगलबार औपचारिक रुपमा तालिमको उद्घाटनशत्रमा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त,नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष मानबहादुर साँउद, सिखर नगरपालिका स्तरीय दलित संञ्जालका अध्यक्ष राम दमाई लगायतले सिप मुलक तालिम मार्फत बेरोजगार युबाहरुलाई रोजगारी दिनेगरि तालिम सिर्जना गर्नु राम्रो कार्य भएको शुभकामना ब्यक्त गरेका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।