अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,बैसाख,६ गते । भारतबाट आएका डडेल्धुराका एक युवकको र्यापिड डाइग्नोस्टिक टेस्ट९आरडिटी० ‘पोजेटिभ’ आएको छ। डडेल्धुरा अस्पतालमा र्यापिड टेस्ट विधिमार्फत परीक्षण गर्दा ती युवकमा कोरोना ‘पोजेटिभ’ देखाएको हो।
उनको आरडीटी रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य आपतकालीन केन्द्रले पुष्टि गरेको छ। यद्यपि उनको पिसिआर रिपोर्ट भने ‘नेगेटिभ’ आएको जनाइएको छ।
जिल्लाको आलिताल गाउँपालिका–२ का २५ वर्षीय ती युवकको गत चैत ३० गते डडेल्धुरा अस्पतालले र्यापिड टेस्ट गरेको थियो। भारतको बैंग्लौरबाट फर्किएका उनी कैलालीको गौरीफन्टाबाट आएका ९ सय ९९ मध्येका एक हुन्।
डडेल्धुरा अस्पताल स्रोतका अनुसार आरडीटी रिपोर्ट पोजेटिभ आएपछि उनको थ्रोट स्वाबको नमुना संकलन गरेर बैशाख १ गते धनगढीमा रहेको कोरोना प्रयोगशाला पठाएको थियो। पिसिआरमा नेगेटिभ आएपछि उलाई होम क्वारेनटाइनमा बस्ने अस्पतालले घर पठाइसकेको छ।
उनीहरुसँग सम्पर्कमा आएका मानिसको कन्ट्याक्ट ट्रेसिङ भइरहेको स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टरकन्ट्रोलर सुपरभाइजर एंव कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए।
‘ती युवकको सम्पर्कमा आएका व्यक्तिहरूको विवरण संकलन भइरहेको छ। रिपोर्ट हेर्दा उनमा कोरोना निको भइसकेको हो जस्तो छ’ कोभिड १९ सम्पर्क व्यक्ति भट्टले भने,‘ दुई–तीन दिनभित्रै हामी उनका परिवारका सदस्यको र्यापिड टेस्ट गछौं।’
