Amargadhi Post

रूकुम घटना स् नवराजसहित ४ जनाको शव फेला

राजेन्द्र कार्की
जाजरकोट स् अन्तरजातीय विवाह र प्रेमको विषयलाई लिएर गत शनिबार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका थप एक जना मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका ११ कुदुका लोकेन्द्र सुनारको सव घटनास्थलदेखि करीव १० किलोमिटर तल कुदु नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए ।

लोकन्द्रको सव स्थानियले फेला पारेका हुन् । योसँगै मृतकको संख्या चार पुगेको छ । दुई जना अझै हराइरहेका छन् । भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको सव यसअघि नै फेला परेको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।