Amargadhi Post

पेस्तोलसहित समातिए विप्लवका सेती–महाकाली व्यूरो इन्चार्ज पुन

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,साउन,१ गते । धनगढीबाट समातिएका विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन कटुवा पेस्तोल सहित पक्राउ परेका छन ।
एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीकाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले पुनसँगै मोटरसाइकलमा सवार अखिल नेपाल महिला संगठन ९क्रान्तिकारी० की सेती महाकाली ब्युरो इन्चार्ज तथा पुनकी श्रीमती पूर्णिमा भन्‍ने गौरा धामीलाई समेत पक्राउ गरिएको बताएको छ ।

उनीहरुलाई धनगढी उपमहानगरपालिका ७ बेलीबाट पक्राउ गरिएको विष्टको भनाइ छ। विप्लवनिकट स्रोतले भने धनगढीमा एकजना बिरामी आफन्तलाई भेट्न गएको अवस्थामा उनीहरूलाई प्रहरीले लखेटी लखेटी पक्राउ गरेको दाबी गरेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।