Amargadhi Post

सुदूरपश्चिम प्रदेश सरकारको ६३ प्रतिशत बजेट खर्च

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,साउन,३ गते । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक बर्ष २०७६र०७७ मा करिब ६३ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ ५५।६७ प्रतिशत र पुँजीगततर्फ ७१।०८ प्रतिशत गरि जम्मा ६२।८२ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

चालु तर्फको १५ अर्ब ९ करोड ४८ लाख ३६ हजारमध्ये ८ अर्ब ४० करोड ३४ लाख ३४ हजार ७११ रुपैयाँ खर्च भएको छ । पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजारमध्ये ९ अर्ब २८ करोड ८५ लाख ७८ हजार ५८१ रुपैयाँ खर्च भएको छ ।

प्रदेशमा सबैभन्दा धेरै भौतिक पूर्वाधार मन्त्रालयले खर्च गरेको छ । मन्त्रालयमा चालूतर्फ ४६ करोड १३ लाख ९१ हजार ६३५ रुपैयाँ बजेट बिनियोजन गरिएको थियो । पुँजीगततर्फ भने ८ अर्ब ९६ करोड ४ लाख ९७ हजार विनियोजन गरिएको थियो ।

मन्त्रालयले चालुतर्फ ६३।४९ प्रतिशत खर्च गरेको छ भने, पुँजीगततर्फ ८८।९४ प्रतिशत खर्च गरेको हो । समग्रमा भौतिक पूर्वाधार मन्त्रालयले ८७।६९ प्रतिशत बजेट खर्च गरेको छ ।

स्थानीय तहलाई वित्तीय हस्तान्तरण ८७।५७ प्रतिशत भएको छ । प्रदेश व्यवस्थापिका सचिवालयको ७७।०५ प्रतिशत खर्च भएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको चालुतर्फ ५७।१८ र पुँजीगततर्फ ६४।६० प्रतिशत बजेट खर्च भएको छ । मन्त्रालयको कुल ३ अर्ब ३२ करोड८३ लाख ६९ हजार ५८ रुपैयाँमध्ये ५७।९७ प्रतिशत खर्च भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ५५।५५ प्रतिशत, सामाजिक विकास मन्त्रालयको ५३।८४ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयको ५२।९९ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ४४।९२ प्रतिशत र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ३७।१४ प्रतिशत बजेट खर्च भएको छ ।

सुदूरपश्चिम प्रदेश मुलुकभर सबैभन्दा धेरै बजेट खर्च गर्नेमा तेस्रो स्थानमा रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । अहिलेसम्म सबैभन्दा धेरै प्रदेश १ ले ७५ प्रतिशत र प्रदेश ५ ले ७० प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख वासुदेव जोशीले बताए ।

‘प्रदेश १ र ५ पछि सुदूरपश्चिम प्रदेशले सबैभन्दा धेरै बजेट खर्च गरेको तथ्याङ्क छ’ उनले भने ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।