हरेन्द्र साउद
डडेल्धुरा,साउन,३ गते । भारतबाट घर फर्किएका परशुराम नगरपालिकाका स्थानीयबासीन्दाहरुलाई बजेट अभाब देखाउदै क्वारेन्टाईनमा नबसाली सिधै घर पठाईएको छ ।
कोबिड १९ को संक्रमण बढ्दै गईरहेको बेला परशुराम नगरपालिकाले आर्थिक अभाब देखाउदै क्वारेन्टाईनमा बसाल्न नमानेपछि जोखिम बढ्ने भन्दै स्थानीयहरुले जनप्रतिनिधीहरुको आलोचना गर्न थालेका छन ।
वडा तथा नगरपालिकाका जनप्रतिनिधि गैरजिम्मेवार हँुदा समुदाय स्तरमा कोरोना भाईरस फैलिने सम्भावना बढेको परशुराम नगरपालिकाका स्थानीय दिर्घराज जोशीको भनाई छ ।
बिहिबार ३०÷४० जनाको समुहमा भारतबाट फर्केकाहरुलाई वडालगायत सम्बन्धीत निकायले क्वारेन्टाईनको व्यवस्थापन गरेर जिम्मेवारी निभाउनुको साटो जिम्मेवारीबाट पन्छिन खोजेको जोशीको आरोप छ ।
‘वडाका जनप्रतिनिधी वडाको क्वारेन्टाईन काटेकोले व्यवस्थापन गर्न सकेनौ भनेर जिम्मेवारीबाट पन्छिएका छन भने नगरपालिका आर्थिक अभाबका कारण क्वारेन्टाईनमा बसाल्न सकिने अबस्था नरहेको प्रतिकृया दिईरहेका छन जोशीको भनाई छ । उता परशुराम नगर प्रमुख भीमबहादुर साँउदले आर्थिक अभाबका कारण क्वारेन्टाईनको ब्यबस्थापन गर्न नसकिने भएकाले होम क्वारेन्टाईनमा बस्नका लागी आग्रह गरेको बताउछन । क्वारेन्टाईनमा राखेर आर्थिक ब्यबस्थापन गर्न कठिनाई हुने भएकाले भारतबाट आएका स्थानीहरुलाई आफ्नै घरमा सुरक्षित बस्नका लागी आग्रह गरिसकेका छौं नगर प्रमुख साउदको भनाई छ ।
भारतबाट आएकाहरुलाई क्वारेन्टाईनमा राख्ने ब्यबस्था नगरी सिधै गाँउबस्ती फर्काउने काम नगर पालिकाको गैर जिम्मेवारी काम भएको भन्दै स्थानीयहरु आक्रोशित भएका छन ।
