Amargadhi Post

जिप र ट्याक्टर ठोकिदा दुईजना घाईते

लक्ष्मी ऐर
डडेल्धुरा,साउन,७ गते । भीमदत्त राजमार्ग अन्र्तगत डडेल्धुराको भातकाँडामा सवारी दुर्घटना हुँदा दुईजना घाइते भएका छन । बुधबार दिउँसो २ बजेतिर धनगढीबाट बझाङतर्फ जाँदै गरेको से १ ज १०२१ नम्बरको जीप र डडेल्धुरादेखि धनगढीतर्फ जाँदै गरेको से २ त २२७८ नम्बरको ट्याक्टरले डडेल्धुरादेखि धनगढीतर्फ जाँदै गरेको से १ प ७१४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका हुन ।
दुर्घटनामा दुवै सवारीको बिचमा परी मोटरसाइकल चालक बैतडीको पाटन नगरपालिका– १० का अन्दाजी ३५ वर्षीय लक्ष्मण चन्द र मोटरसाइकलमा सवार सोही ठाउँका अन्दाजी ३४ वर्षीय रमेश चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
घाइते दुवैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र सवारी तथा सवारी चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।