लक्ष्मी ऐर
डडेल्धुरा,साउन,१६ गते । डडेल्धुरा जिल्ला प्रशासन कार्यालयमा आउनु भएका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले पत्रकारहरु संगको भेटघाट कार्यक्रममा सुशासन र शान्ति सुरक्षा पहिलो दायित्वभित्र रहने बताउनु भएको छ ।
पहिलो पटक डडेल्धुरामा सहसचिब स्तरको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त ६ महिनामै सरुवा भई धनगढी उपमहानगरपालिका गएपछि फेरिएका नया प्रमुख जिल्ला अधिकारी बास्तोलाले पत्रकारहरु संगको पहिलो परिचयात्मक तथा अन्र्तक्रिया कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
गत मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सहसचिवको दरबन्दी कायम गरेपछि मन्त्रालयले सहसचिवलाई सिडिओको जिम्मेवारी दिएर डडेल्धुरा पठाएको हो ।
बुधबारबाट डडेल्धुराको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यभार सम्हालेका बास्तोलाले आफु सञ्चारमैत्री भएर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन ।
जिल्लास्थित कार्यालयका सूचना अधिकारीलाई हरेक नागरिकहरुले सुचना माग गरेपछि तत्कालै सहजै रुपमा उपलब्ध गराउने प्रबन्ध मिलाईने प्रजिअ बास्तोलाको भनाई छ । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष मानबहादुर साँउदले सुचना प्रबाह गर्ने निकायहरुबाट सहज रुपमा सुचना पाउन नसकिरहेको बताउनुभयो ।
जिल्लाका बिकास निर्माणका कामहरुको गुणस्तर र पारदर्शिता हुन नसक्नु र पछिल्लो समय सुशासन निकै कमजोर रहेको महालेख परिक्षकको कार्यालयले हालै जारी गरेको प्रतिबेदन मात्रै अध्यन गरे स्पष्ट चित्रण देख्न सकिनेमा अध्यक्ष साँउदको जोड थियो ।
गत बर्ष डडेल्धुराका सात वटा स्थानीय तहहरुमा ७ करोड बेरुजु आएको प्रशंग उल्लेख गर्नुहुदै अध्यक्ष साँउदले यो बर्ष बढेर १८ करोड बेरुजु देखिनुले आर्थिक अपरादर्शिता र सुशासनमाथी प्रश्नचिन्ह उठेको छ ।
विपद् जोखिम व्यवस्थापनमा सरकारले नयाँ नीति बनाएको जानकारी गराउदै प्रजिअ बास्तोलाले बाढी, पहिरो तथा प्राकृतिक प्राकोपले नागरिकको मृत्यु भए दुई लाख रुयैयाँ क्षतिपूर्ति दिने नया ब्यबस्था भएको बताउनुभयो ।
