Amargadhi Post

डोटीमा बस दुर्घटना हुदा ४ जनाको मृत्यु , ३२ जना घाईते

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,साउन,२८ गते । डोटीको पूर्वीचौकी गाउँपालिका १ फुलौटमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३२ जना घाईते भएका छन् ।

कैलालीबाट अछाम जाँदै गरेको ना ६ ख २५२९ नमबरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।भारतबाट फर्किएकाहरुलाई लगेर धनगढीबाट अछामका लागि छुटेको बस बुधबार विहान दुर्घटना हुँदा सडकबाट करिब ५० मिटर तल खसेको छ ।

बस दुर्घनामा ४ जनाको घटना स्थलमै मृत्यु भएको पूर्वीचौकि गाँउपालिका १ का वडा अध्यक्ष अंकबहादुर खड्काले बताएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताउनुभयो ।

दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन भने घाईतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको छ । दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन । तर वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।