हरेन्द्र साउद
डडेल्धुरा साउन २९ । डडेल्धुराको बागबजार क्षेत्रमा जुवा खेलीरहेको अबस्थामा दुईजना जुवाडे पक्राउ परेका छन ।
जुवा खेलीरहेका अधिकास जुवाडेहरु भागे पनि दुईजना जुवाडेलाई भने प्रहरी टोलीले पक्राउ गर्न सफल भएको छ ।
पक्राउ परेका जुवाडेबाट ३७ हजार ६ सय २० रुपैया नगद बरामत गरेको छ भने ११ वटा तासको गडडी फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक बिरेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।
सुराकीको आधारमा जुवा खेलीरहेको लोकेशन पत्ता लगाएर प्रहरी निरिक्षक बोहराको नेतृत्वमा गएको टोली घटनास्थल पुग्दै गर्दा अधिकास जुवाडेहरु भाग्न सफल भएपनि दुईजना भने जुवाखालबाट पक्राउ परेका छन ।
राष्ट्रिय बाणिज्य बैंक नजिकै रहेको एउटा खाली घरको एउटा कोठामा खेलीरहेको अबस्थामा खकेन्द्र रोकाया र पहलमान ठकुल्ला पक्राउ परेको प्रहरी निरिक्षक बोहराले जानकारी दिनुभयो । पक्राउ परेका दुईजनासंग सोधुपुछ भईरहेको भागेकाहरुको थप खोजी कार्य भईरहेको प्रहरी निरिक्षक बोहराले बताउनुभयो । ८ ÷ १० जनाको समुहमा जुवा खेलीरहेको प्रहरीलाई सुचना प्राप्त भएको जनाएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन अन्र्तगत मुद्धा चलाउने प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
