Amargadhi Post

सुदूरपश्चिममा मंगलबार थपिए ५० संक्रमित, डोटीकै ४६ जना

प्रदेशभर संक्रमितको संख्या पाँच हजार ७६

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,भदो,२ गते । सुदूरपश्चिममा मंगलबार ५० जना कोरोना संक्रमित थपिएका छन्।

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पतालको प्रयोगशाला र काठमाडौँस्थित प्रयोगशालामा भएको परीक्षणमा यहाँका थप ५० जनामा संक्रमण पुष्टि भएको हो।

डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ४७ जनाको परीक्षण भएकोमा ४६ जनामा संक्रमण देखिएको छ। थपिएका संक्रमित सबै डोटीका हुन्।

शिखर नगरपालिका १० का १६ जना, वडा नम्बर ९ का १४, वडा नम्बर ७ का १३ र वडा नम्बर १ का दुई तथा दिपायल सिलगढी नगरपालिका ८ का एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुषालले जानकारी दिए।

काठमाडौंमा भएको परीक्षणमा दार्चुलाका दुई र कञ्चनपुरका एक गरी तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। त्यसैगरी सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परीक्षणबाट पनि एक जनामा कोरोना देखिएको छ।

अस्पतालमा पछिल्लो २४ घण्टामा ६ सय ४९ जनाको कोरोना परीक्षण भएको छ। उनी कैलाली जोशीपुर जोशीपुर गाउँपालिका ७ का ३५ वर्षीय पुरुष हुन्।

मंगलबार ५० जनामा कोरोना पुष्टि भएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ७६ पुगेको छ। सबैभन्दा बढी कैलालीमा एक हजार ३१७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

डोटीमा ८८१, अछाममा ७३७, बाजुरामा ६२३ र कञ्चनपुरमा ५९८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डडेल्धुराका ३१४, बैतडीका ३०१, बझाङका २९८ र दार्चुलाका ४७ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका चार हजार दुई सय बढी डिस्चार्ज भएका छन्। कोरोनाबाट यहाँ १२ जनाले ज्यान गुमाएका छन्।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।