Amargadhi Post

डडेल्धुराको सादनीमा सशस्त्र प्रहरीको विओपि स्थापना

हरेन्द्र साउद
डडेल्धुरा,भदौ,२५ गते । डडेल्धुराको भारतीय सिमावर्ती क्षेत्र परशुराम नगरपालिका वडा(७ सादनीमा बुधबार सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट(९विओपि) स्थापना गरेको छ । सिमा क्षेत्रमा हुने अपराध न्युनिकरणका साथै सिमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण लगायत सिमा क्षेत्रका स्थानिय बासिन्दाहरुलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने उद्देश्यले नेपाल भारतको सिमा क्षेत्रमा बोर्डर आउट पोष्ट (विओपि) स्थापना गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल(७ बैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरी शंकर बुढाथोकी र परशुराम नगरपालिका वडा (७ का अध्यक्ष केशब बहादुर बोहराले संयुक्त रुपमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साँदनीको उद्घाटन गरेका हुन् ।

सिमा क्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपि) स्थापना भएपछि सिमा क्षेत्रमा हुने चोरी सिकारी घट्नुका साथै सिमा क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभुती हुने वडा अध्यक्ष केशब बोहराले जानकारी दिएका छन ।
सिमा सुरक्षा र सिमा स्तम्भहरुको संरक्षण गर्ने मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीले यस अघि परशुराम नगरपालिका ५ को परिगाँउ र वडा नं .३ को शिर्षमा बोर्डर आउट पोष्ट (विओपि) यस अघि नै संञ्चालनमा ल्याई सकेको जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।