अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,भदौ,३१ गते । जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृत बिरुद्ध सर्वाेच्च अदालतमा मुद्दा परेको छ । ्
सर्वाेच्च अदालतको फैसला विपरित सडकको टेण्डर प्रक्रिया खोल्न लगाएको भन्दै अमरगढी नगर प्रमुख बिशेश्वर प्रशाद ओझा र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रशाद उपाध्याय बिरुद्ध मानहानीको मुद्दा दर्ता गरिएको हो ।
सडक मुअब्जा संघर्ष समितीले अदालतको फैसला विपरित अमरगढी नगरपालिका गएको भन्दै मुद्दा दर्ता गरिएको जनाएको छ । सर्वाेच्च अदालतले २०६५ सालमा उचित मुअब्जाको व्यवस्था गरि सडक विस्तार गर्ने फैसला गरेको थियो ।
सर्वाेच्च अदालतको फैसला विपरित सडक डिभिजन कार्यालय कुलपाते डोटीले टेण्डर खोलेको भन्दै संघर्ष समितीले यस अघि पनि मुद्दा दर्ता गरेको थियो तर त्यो मुद्दाको फैसला भने भएको छैन । यस अघि सडक डिभिजन कार्यालय र कार्यालय प्रमुखको बिपक्षी बनाएर मुद्धा दर्ता भएको छ । डिभिजन प्रमुख सुदर्शन कार्की अहिले सर्बाेच्च अदालतको मुद्धा खेपी रहेका छन भने अमरगढीका मेयर र प्रशासकीय अधिकृत बिरुद्ध पनि मानहानीको मुद्धा दर्ता भईसकेको सर्घष समितिले जनाएको छ । सडक फराकिलो बनाउन एक पटक रद्ध भएको ४४ करोडको टेण्डर पुनः दोस्रो पटक टेण्डर खोलिएको छ । तर अदालतको फैसला अनुसार मुअब्जाको व्यवस्था भने गरिएको छैन । मुअब्जा र अदालतको फैसला कार्यान्वयन गराई पाँउ भनि संघर्ष समितीका ४० जनाले मुद्धा दर्ता गरेको सर्घष समितिका संयोजक दुर्लभ झुकालले जानकारी दिनुभयो ।
अदालतको फैसला नहुदै नगर प्रमुख ओझाले सडक डिभिजन कार्यालय डोटीलाई सडकका बिषयमा कुनै विवाद नभएको भन्दै पुन ः टेण्डर प्रक्रियामा अघि बढ्न सिफारिस गरेपछि यो समस्या आईपरेको हो । पहिलोे टेण्डर प्रकाशित भएपछि मुअब्जा नराखेको भन्दै सर्बाेच्च अदालतमा सडक डिभिजन कार्यालय बिरुद्ध दर्ता भएको मुद्धाको सुनुवाई नहुदै पुन टेण्डर खोल्न नगरपालिकाले गरेको सिफारिस नै अन्याय पुर्ण भएको भन्दै मुद्धा दर्ता गरिएको समितिले जनाएको छ । नगर पालिकाले सात महिना यता सडकको दायाँ बायाँ ३१र३१ मिटर भित्र नक्सा पास रोकेको छ । सडक डिभिजन कार्यालयले निकालेको टेण्डरमा सकडको दायाँरबायाँ साढे सात मिटरले फराकिलो बनाउने उल्लेख छ ।
२०६० साल यता सडकको दायाँ बायाँ २५र२५ मिटर भित्र संरचना नबनाउन सुचना जारी गर्ने सडक कार्यालयले अहिले दायाँ बायाँ साढे सात मिटर मात्रै कायम गरेको छ ।
भदौ २५ गते अमरगढी नगरपालिकाले सडकको क्षेत्रधिकार भित्रका टहरा हटाउन सुचना निकालेको छ । सात दिनको सुचनामा सडकको क्षेत्र कति हुने उल्लेख गरिएको छैन ।
