Amargadhi Post

आशंका नगरौं, समयमै महाधिवेशन हुन्छ स् देउवा

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,असोज,१ गते । कांग्रेस सभापति शेरबहादुर देउवाले तोकिएकै समयमा महाधिवेशन हुने दाबी गरेका छन् । कोभिड–१९ अनुगमन समितिद्वारा बुबाधर आयोजित प्रदेश ५ को अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफू पार्टीको विधानबाहिर जान नसक्ने बताएका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशन नगराई पार्टीमा संवैधानिक संकट निम्त्याउन खोजिएको आशंका बढाइरहेका बेला देउवाले नेपालको संविधान र पार्टीको विधानबारे आफू जानकार रहेको बताए । ‘तपाईंहरू चिन्ता नगर्नुहोस्, पार्टीको विधानबाहिर जान सक्दिनँ । किन आशंका गर्नुहुन्छ रु तोकिएको मितिमै महाधिवेशन हुन्छ,’ उनले भने, ‘कांग्रेसमा मेरो विरोध जति पनि गर्न पाइन्छ तर जनता मालिक हुन् । भोलिको चुनावमा कसरी जितेर आउने, त्यतातिर सोच्नुहोस् ।’

उनले पार्टीभित्र आफ्नो विरोध गरे पनि प्रधानमन्त्री केपी ओलीको विरोध गर्न नसकेको बताए । ‘शेरबहादुर देउवाको जति पनि विरोध गर्न पाइन्छ तर ओलीको विरोधमा कोही बोल्दैन,’ देउवाले भने, ‘सरकारले यत्रो ज्यादती गर्दा पनि किन विरोधमा बोल्न सक्दैनन् रु’

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।