Amargadhi Post

बैतडीको पाटनमा चितुवा मृत फेला

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,असोज,७ गते । बैतडीको पाटन नगरपालिका–८ स्थित ज्याफु जंगलमा एउटा चितुवा मृत फेला परेको छ । करिब सात वर्षको चितुवा मरेको अवस्थामा फेला परेको हो ।

डिभिजन वन कार्यालय बैतडीका डिभिजनल वन अधिकृत केशव पराजुलीका अनुसार चितुवा एक साताअघि नै मरेको हो । मृत बाघलाई वन कार्यालयमा ल्याएर मुचुल्का गरी गाड्ने पराजुलीले बताएका छन् ।

यस्तै, सिगास गाउँपालिका–२ गाँजरीमा एक चितुवालाई स्थानीयले घेरेर राखेका छन् । स्थानीयले चितुवालाई घेरेको खबर पाएपछि प्रहरी र वन कार्यालयको टोली गएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले बताएका छन् । चितुवालाई नियन्त्रणमा लिन सम्भव नभएकोले जंगलतर्फ नै धपाइने डिभिजनल वन अधिकृत पराजुलीले जानकारी दिएका छन् ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।