Amargadhi Post

सर्बसम्मत निर्णय गर्दै काँग्रेस सातौं अबिधेशनमा

टेकराज अवस्थी
करिब एक दशक आन्तरिक वादविवादमा उल्झिएको नेपाली काँग्रेस डडेल्धुराले जिल्लाको सातौं अबिधेशन सौहार्दपूर्ण बाताबरणमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
पेचिलो बन्दै गएको क्रियासिल सदश्यता बितरणका लागि जिल्ला कार्य समिति डडेल्धुराको ५१ औं नियमित बैठकमा नेपाली काँग्रेस क्रियासिल सदश्यताको नयाँ र नविकरण गर्ने, आमन्त्रित केन्द्रीय सदश्य जनक कलौनी मार्फत बितरण हुने नयाँ सदश्यतालाई जिल्ला कार्य समितिले समायोजन सहित अनुमोदन गरि सहमतिमा बितरण गर्ने, पार्टीका सम्पूर्ण तहतप्काका नेता कार्यकर्ता तथा क्रियासिल सदश्यहरुको लेवी अनिवार्य संकलन गर्ने र पार्टीको बिधान बिधि निर्णयलाई परिपालना गर्न आत्मसाथ गर्दै अनुशासनको दायरामा रहि मर्यादित व्यवहार र निर्दिष्ट कामकाजलाई अगाडी बढाउने जस्ता विषयमा घनिभुत छलफल गरि सर्बसम्मत निर्णय पनि गरेको छ ।
जिल्ला कार्य समिति पदाधिकारी, सदश्यहरु, मनोनित तथा आमन्त्रित सदश्यहरु, महाधिबेशन र महासमिती सदश्यहरु लगायतको पूर्ण बैठकले डडेल्धुरा जिल्लामा रहेको सात स्थानीय तहका ५२ वडाहरुमा जिल्ला स्तरिय नेताहरुको सामूहिक उपस्थितिमा सदश्यता सम्बन्धि छलफल गरि स्थानीय वडा सभापतिलाई हस्तान्तरण गर्दै जिल्ला कार्य समितिलाई सिफारिस गर्ने गराउने निर्णय समेत गरेको सुदूरपश्चिम जिल्ला कार्य समिति सभापति तथा प्रदेश सभा सदश्य माननीय कर्ण बहादुर मल्लले बताउनु भयो ।
सहभागि नेताहरुले जिल्ला कार्य समितिमा प्रस्तुत गरिएका विषयहरुमा समर्थन गर्दै विवादित सबै विषयलाई आश्विन २५ गते भित्र टुंगो लगाई सौहार्दपूर्ण छलफल गरि आगामी दिनहरुमा नयाँ सदश्यता र नविकरण प्रकृयालाई सम्पन्न गरि भव्य र सभ्य जिल्ला अबिधेशनमा जुटने सहमति पनि भएको उपसभापति करुणाकर भट्टले जानकारी दिएका छन ।
जिल्ला कार्य समितिको बैठकले महत्वपूर्ण निर्णय सँगै पार्टीका आन्त्रिक समस्याहरु समाधानका लागि पनि छलफल भएको र सबै नेताहरु सकारात्मक रहि सर्बसम्मत निर्णय भएकोमा अबिधेशन केन्द्रीत आगामी कार्यक्रमहरु पनि सहमति सहकार्यका साथ अगाडी बढनेमा आफू विश्वस्त रहेको जिल्ला कार्य समिति कोषाध्यक्ष हरि प्रसाद अवस्थीले बताए ।
उहाँले भन्नु भयो हिजोका दिनहरुमा रहेका त्रुटि कमीकमजोरी तथा तुषहरुलाई न्युनिकरण गर्न बैठक उपलब्धीमूलक रहेको छ, सबैले आत्मालोचना गरेर संगठनको हितमा रहि काम गर्दा पार्टीलाई एकताबद्ध बनाउने काममा सहयोग पुग्ने छ ।
पार्टीले प्रदेश निर्वाचन क्षेत्र क मा परशुराम नगरपालिका जोगबुढामा यहि आश्विन १० गते र प्रदेश निर्वाचन क्षेत्र ख मा ११ गते सदरमुकाममा प्रदेश स्तरिय बैठक बसेर सदश्यता बितरण लगायत बिबिध बिषयमा छलफल गर्ने निर्णय समेत गरेको सचिव लक्ष्मी प्रसाद अवस्थीले जानकारी दिएका छन ।
लामो समय देखि शक्ति संघर्ष र व्यक्ति केन्द्रीत राजनीतिमा रुमल्लिएको नेपाली काँग्रेस डडेलधुराको पार्टी राजनीति ५१ औं बैठकमा आएर सहमति सहकार्य र सदभावनामा परिणत भएको सन्देश आम नेता कार्यकर्ता आस्थावान जनसमुदाय सबैका लागि उत्साहित भए पनि आगामी कार्यक्रमको कार्यान्वयन र कार्यशैली व्यवहार भने हेर्न बाँकी नै छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।