Amargadhi Post

डडेल्धुराको परशुराम नगरपालिकाबाट अवैध काठसहित दुई जना पक्राउ

हरेन्द्र साउद
डडेल्धुरा,असोज,१० गते ।डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ३ शीर्षका दुईजना अवैध काठ ओसारी रहेको अबस्थामा बन रक्षकको टोलीले पक्राउ गरेको छ । शुक्रबार राति जगंलबाट काठसहित उनीहरूलाई सवडिभिजन वन कार्यालयको बन रक्षक र इलाका प्रहरी कार्यालयको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो । रातिको समयमा अवैध काठ काटेर ओसार पसार गरिरहेको ट्याक्टर र दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइ कानुनी कारबाहीको प्रक्रिया अघि बढेको डिभिजन वन कार्यालय जोगबुडाका सहायक वन अधिकृत दीपेन्द्र केसीले बताउनुभयो । पक्राउ पर्नेहरुमा पुरन सिँह धामी र मनीराज ताम्राकाररहेको डिभिजन बन कार्यालय डडेल्धुराले जनाएको छ ।
चिरान गरेको सालको २५ थान कडी समेत घटनास्थलबाट बरामद गरिएको वन अधिकृत केसीले जानकारी गराउनुभएको छ । बरामद गरिएको काठ अहिले डिभिजन वन कार्यालयमा राखिएको छ ।
सालको वन क्षेत्र रहेको भित्रिमदेशको परशुराम नगरपालिका र आलिताल गाउँपालिका मा महिनै पिच्छे काठ तस्करका घट्नाहरु सार्वजनिक भईरहेका छन । करिव एकमहिना अगाडी आलितालको चिरान क्षेत्रमा ठुलो मात्रामा अवैध सालको काठ समातिएको घटना सेलाउन नपाउदै परशुराम नगरपालिकामा काठ तस्करी गरिराखेको अबस्थामा दुईजना पक्राउ परेका हुन ।
डोला गोदाम चक्रपथ सडक निर्माण गर्ने निँहुमा सालका हरिया रुखहरु ढाली काठ तस्कर गर्नका लागि घरमा, वारिमा, झाडी भित्र र खोला किनारमा लुकाएको अवस्थामा काठ वरामद गरिएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।