Amargadhi Post

अमरगढी नगरपालिका–१ मा लगाईएको ताल खुल्यो

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,असोज,२१ गते । अमरगढी नगरपालिका–१ को वडा कार्यालयमा लगाईएको ताला खोलिएको छ । दलित समुदायका लागी विनियोजन गरिएको रकम केही सिमित व्यक्तिहरुले पाएको भन्दै वडा कार्यालयमा तालबन्दि गरिएको थियो ।

छुटेका परिवारहरु लाई पनि बजेट विनियोजन गरिए पछि ताला खोलिएको वडा कार्यालयले जनायो । अमरगढी नगरपालिका–१ मालम गाउमा ३० परिवार लाई बाख्रापालनका लागी एक लाख रकम विनियोजन गरिएको थियो ।

उक्त रकम १२ जना सिमित व्यक्तिले मात्रै पाए पछि अन्य १८ परिवारका सदस्यले वडा कार्यालयमा सोमबार तालाबन्दि गरेका थिए ।
वडा कार्यालयले १८ परिवाका लागी डेढ लाख रकम विनियोजन गरे पछि ताला खोलिएको वडा कार्यालयले जनायो ।

१२ जना परिवारले अरु लाई जानकारी नदिई एकलौटी रुपमा एक लाख रकम खर्च गरिए पनि कानुनी कार्वाही नभएको स्थानिय डम्बर सार्कीले बताए ।

वडा कार्यालयले जानकारी गराउदा प्रहरी समेत पठाउदा उनिहरु सम्पर्कमा नआएको वडा अध्यक्ष लोक बहादुर ऐरले बताए ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।