Amargadhi Post

देशभरका बिद्यालय बन्द हुदा अजयमेरु, नवदुर्गाका बिद्यालयमा खेलकुद प्रतियोगिता

लक्ष्मी ऐर
डडेल्धुरा,चैत्र, १८ गते । प्रदूषणलाई मध्यनजर गरी सरकारले मंगलबार देखि चार दिन देशभरका बिद्यालय बन्द गरेको थियो । तर अजयमेरु गाँउपालिकाको एक बिद्यालयमा मंगलबार नै शिक्षक, कर्मचारी भलिबल प्रतियोगिता गरिएको छ । नवदुर्गा गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गरिएको छ ।
छिमेकी मुलुक भारतमा कोरोना भाईरसको संक्रमण बढेको छ । नेपाल सरकारले पनि सर्तकता अपनाउन सुचना जारी गरेको छ । तर पनि डडेल्धुरामा भने दिनहु जसो गोष्ठी, सभा, खेलकुदका गतिबिधि भईरहेका छन ।
नेपाल सरकारको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले पनि भिडभाडका गतिविधि नगर्न स्थानिय तहहरुलाई पनि आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालयको आग्रहको विपिरित अजयमेरु गाउँपालिका–१ पुईलेकको बालकल्याण माविमा भलिबल खेलकुद आयोजना गरिएको छ । भने नवदुर्गा गाउँपालिकाले राष्ट्रपति रनिङ सिल्डको आयोजना गरेको छ । गाँपालिका भरीका विद्यालयका बिद्यार्थीहरुलाई भेला गराएर नवदुर्गा गाउँपालिकाले राष्ट्रपति रनिङ सिल्डको आयोजना गरेर र अजयमेरुको बालकल्याण माविमा शिक्षक, कर्मचारि भलबल प्रतियोगिताको आयोजना गरि जिल्ला प्रशासन कार्यालयको आग्रह विपरित कार्य भएको छ । अजयमेरु, नवदुर्गामा खेलकुदको आयोजना गरेर जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारको निर्णयको वर्खिलाप गरेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।