Amargadhi Post

प्रसुती सेवा नपाउँदा महिलाको मृत्यु

लक्ष्मी ऐर

डडेल्धुरा,बैसाख, २१ गते  । अमरगढी नगरपालिका–४ खलंगा निवासी ३४ वर्षीया रेखा ओडको प्रसुति सेवा नपाउँदा मृत्यु भएको छ ।

प्रसुतीका लागी डडेल्धुरा अस्पतालमा पुगेकी ओडलाई अस्पतालले कोरनाको कारण देखाउदै प्रसुती सेवा दिन नसकिने भनेर घर फर्काईएको थियो ।

 घरमै प्रसुती भएकी ओडको रक्तश्राबका कारण उनको ज्यान गएको परिवारजनले बताएको छ । बच्चा जन्मिएपछि निरन्तर रक्तश्रावका कारण उनको मृत्यु भएको स्थानीय अधिकारकर्मी किशोरी धामीले बताउनुभयो । मृतक ओडका दुई छोरा र दूई छोरी छन ।

  आमाको निधनभएपछि नवजात शिशुलाई डडेल्धुरा अस्पतालको नवजात शिशु सघन उपचार कक्षमा राखिएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।