लक्ष्मी ऐर
डडेल्धुरा,जेठ ,२२ गते । विश्व वातावरण दिवश डडेल्धुरामा पनि मनाइएको छ । ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनः स्थापना’ भने नाराका साथ डिभिजन वन कार्यालय डडेल्धुराको आयोजनामा दिवस मनाएको हो ।
डिभिजन वन कार्यालयको आयोजनामा उग्रतारा मन्दिर परिसरमा बृक्षारोपण गरि दिवश मनाईएको हो । वातावरणलाइ प्रदुसित गर्नू हुदैन भन्ने उद्धेश्यका साथ जिल्लामा चेतनाको माध्यमबाट यसको महत्व र गरिमा बढाउन सो कार्यक्रम आयोजना गरिएको डिभिजन बन कार्यालयका प्रमुख बिष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।
दिवसकै अवसरमा अमरगढि नगरपालिका नगरप्रमुख बिशेश्वरप्रसाद ओझाले वातावरण जोगाउन तथा संरक्षण गर्न सबैको दायित्व र जिम्मेवारी रहेको बताउनुभयो । स्थानिय सरकारहरुले पनि यसमा विशेष जोड दिनु पर्ने उनको भनाई छ ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला अदालत डडेल्धुराका न्यायाधीश, जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, अमरगढी नगरपालिका नगरप्रमुख, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकारलगायत वन तथा वातावरणका क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता थियो ।
