Amargadhi Post

मन्त्रीमण्डल विस्तार, नवनियुक्त मन्त्रीहरूद्वारा सपथग्रहण

अमरगढी रैबार सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार गर्नु भएको छ । जनता समाजवादी पार्टी ९जसपा० महन्थ ठाकुर पक्षका १० नेतालाई समावेश गराएर मन्त्रीमण्डल विस्तार गर्नु भएको हो ।
नवनियुक्त मन्त्रीहरूलाई संविधानको धारा ८० बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथग्रहण गराउनु भएको छ ।

मन्त्रीमण्डल विस्तार भएसँगै प्रधानमन्त्री सहित तीन उपप्रधानमन्त्री, १२ जना मन्त्री र दुई राज्यमन्त्री गरी १७ सदस्यीय मन्त्रीपरिषद् भएको छ ।
प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, वन तथा वातावरण, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आफैसँग राख्नु भएको छ ।
त्यस्तै विष्णु पौडेललाई उपप्रधान तथा अर्थ मन्त्री, रघुवीर महासेठलाई उपप्रधान तथा परराष्ट्र मन्त्री र राजेन्द्र महतोलाई उपप्रधान तथा शहरी विकास मन्त्रीको जिम्मेवारी दिइएको छ ।
त्यस्तै वसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र लीलानाथ श्रेष्ठलाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको नै जिम्मेवारी दिइएको छ भने शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
जसपाका नेता शरतसिंह भण्डारीलाई ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालय, अनिल झालाई खानेपानी तथा सरसफाइ मन्त्रालय, विमल श्रीबास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उमाशङ्कर अरगरियालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, चन्दा चौधरीलाई महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र एकबाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै चन्द्रकान्त चौधरीलाई ऊर्जा, जलश्रोत तथा सिँचाई राज्यमन्त्री र रेनुका गुरुङलाई महिला,बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनाइएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।