Amargadhi Post

डडेल्धुराको परशुराम नगरपालिकामा एक कर्मचारीको शब फेला,हत्याको आशंका

लक्ष्मी ऐर
डडेल्धुरा,असार,५ गते । डडेल्धुराको परशुराम नगरपालिका–९ को सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ । परशुराम–८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी २६ वर्षीया अस्मिता देवी धामीको शव फेला परेको हो ।
गत असार २ गते आधारभूत स्वास्थ्य केन्द्र जमरानीबाट स्वास्थ्य सामाग्री जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव पनपा–९ को हट्वानी सामुदायिक वनमा फेला परेको हो ।
घरपरिवार तथा स्थानीयले खोजी गर्दा शनिबार अस्मिताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । प्रहरी घटनास्थलमा पुगेका छ र घटना स्थलको प्रकृती हेर्दा हत्या गरि फालिएको अबस्था जस्तो देखिएको छ ।
प्रहरीले भने पोष्टमार्टमपछि मात्रै हत्या वा अन्य कारणले मृत्यु भएको हो भन्न सकिने बताईएको छ । जिल्ला प्रहरी कार्यालयबाट घटनाको थप अनुसन्धानका लागि आजै प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वको प्रहरी टोली पनि पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घटनापछि स्थानियहरु आक्रोसित मात्रै होईनन घटनाको सत्य तथ्य छानबिन गरि दोशीलाई कानुनी कारबाहीको कठघरमा उभ्याउन जोडदार माग गरेका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।