अस्मिता हत्या प्रकरण ः परशुराम नगरपालिकाले कार्यान्वयन गरेन सहमति
भोली देखि इलाका पशासन कार्यालय जोगबुढामा सर्घष समितिको धर्ना
मानबहादुर साँउद
डडेल्धुरा,साउन ३२ गते । चार दिनपछि मृत अबस्थामा फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका –८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको न्यायका लागी गठित संर्घष समिति र नगरपालिकाबीच भएको सहमति कार्यान्वयन हुन नसक्दा भोलीबाट परशुराम नगरपालिकामा सर्घष समितिले धर्ना बस्ने कार्यक्रम तय गरेको छ ।
नगरपालिकाले स्वयम आफैले गरेको सम्झौतालाई कार्यान्वयन नगरेको भन्दै अस्मिताको न्यायका लागी गठित संर्घष समितिले भोली भदौ १ गते देखि ३ गते सम्म स्थानीय इलाका पशासन कार्यालय जोगबुढामा धर्ना बस्ने जनाएको छ ।
नगरपालिकाले ७ लाख ५० हजार र वडाबाट २ लाख ५० हजार राहत दिने निर्णय भएको थियो । तर, हालसम्म नगरपालिकाले राहत स्वरूप दिनुपर्ने रकम नदिएको संघर्ष समितिका अगुवा देबुवा धामीले जानकारी दिनुभयो ।
अस्मिताको शव बुझ्नुभन्दा अगाडि उनका आफन्त र नगरपालिकाबीच सहमति भएको थियो । तर, सहमति कार्यान्वयनमा पछिल्लो समय नगरपालिकाले कुनै चासो नदिएपछि आन्दोलनका कार्यक्रम अघि बढाएको धामीको भनाई छ ।
नगरप्रमुख भीमबहादुर साउँदले उतिबेला सहमति गरि यथासिघ दोशीउपर कारबाही गर्न पहल गर्ने र पिडित परिवारलाई राहत उपलब्ध गराउने र मृतकका बालबच्चाको पालनपोषण र शिक्षा दिक्षाको ज्ञारेन्टी गर्ने पतिबद्धता जाहेर गरेपछि आफन्तले शव बुझेका थिए ।
जमरानी आधारभूत स्वास्थ्य केन्द्रको नाम ‘अस्मिता’ आधारभूत स्वास्थ्य केन्द्र राखिनुपर्ने, उनका आफन्तलाई स्वास्थ्य केन्द्रमा रोजगारीको व्यवस्था हुनुपगर्नेलगायतका मागमा नगरपालिकाले सम्झौता गरेको थियो । तर यी मागहरूको नगरपालिकाले बेवास्ता गरेपछि सडक सर्घषमा उत्रिन बाध्य भएको संर्घष समितिका सयोजक धनबहादुर बोहराले जानकारी दिनुभएको छ । अमरगढी रैबारसंगको सक्षिप्त टेलीफोन सम्बादमा संयोजक बोहराले कोबिडको यस्तो माहामारीका बिच आफुहरुले न्यायका लागी सडकमा उत्रिनुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो ।
अस्मिताका श्रीमानलाई स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगी राखिएको भएपनि नियुक्ति पत्र भने नगरपालिकाले अझै नदिएको उनको भनाई छ । यस विषयमा प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले नगरपालिकाले दिने भनेको साढे ७ लाख रूपैयाँ यो आर्थिक वर्षमा दिइने बताएपनि पिडितका परिवारले भने छिटो राहत उपलब्ध गराउनुपर्ने माग उठाएका छन ।
आधारभूत स्वास्थ्य केन्द्रको ‘अस्मिता’ नाम राख्ने भन्ने विषय भने जटिल रहेको नगरपालिकाका पशासकीय अधिकृत पनेरुको प्रतिक्रया छ । स्वास्थ्य केन्द्र संघीय सरकारको मातहतमा छ तर यसको निर्णय नगरपालिकाले गर्न सक्दैन तर पहलकदमी भएको छ तर घोषणा हुन नसकेको उहाँको भनाई छ । असार २ गते स्वास्थ्य केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो।
अस्मिताको लागि न्यायका लागी गठित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय डडेल्धुरामार्फत् दुईसात अघि प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका थिए ।
घटना घटेको दुई महिना बित्दासमेत प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको भन्दै संघर्ष समितिले चार बुँदे मागसहित प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको पनि झण्डै दुईसाता बित्नै लाग्यो तर कुनै सुनुवाई हुन नसकेपछि आन्दोलनको बिकल्प नरहेको भन्दै भोली देखि परशुराम नगरपालिकामा आन्दोलनका कार्यक्रम सुरु गरिने संर्घष समितिले जनाएको छ । तत्काल अनुसाधन प्रतिवदेदन सार्वजनिक गर्नुपर्ने, करिब दुई महिना अवधिसम्म पनि कसैलाई गिरफ्तार नगरी कानूनी कारबहाी नगरेको हुँदा अपराधि पत्ता लगाई कारबाही गर्नुपर्ने माग संघर्ष समितिले राखेको छ ।
सबै नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्व सरकारको हो तर, अस्मिताको ज्यानको सुरक्षा सरकारले गर्न नसकेको हुँदा धामीका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राखेको छ । आफुहरुले उठाएका माग पूरा नगरिए भदौ १ देखि ३ गतेसम्म इलाका प्रशासन कार्यालय जोडबुढामा धर्ना दिने, ४ गते जोगबुडा बजारमा नारा–जुलुस गर्ने, ५ गते सरकारी कार्यालयमा तालाबन्दी र ६ गतेदेखि अनिश्चित सयमसम्म डडेल्धुरा जिल्ला बन्द गर्ने घोषणाका कार्यक्रमहरु यस अघि नै संघर्ष समितिले सार्बजनिक गरिसकेको छ । घोषणा गरिएका कार्यक्रमहरु भोली देखि चरणबद्ध रुपमा अघि बढाउन सर्घष समिति अघि बढीरहेको जानकारी दिएको छ ।
घटना स्थलमा भेटिएको मोबाइल परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको थियो । त्यसबाट कुनै ठोस् प्रमाण प्राप्त नभएको प्रहरीले जनाएको छ । प्रहरी उनको भिसेरा रिपोर्ट कुरिरहेको छ । जसको रिपोर्ट हालसम्म नपुगेको प्रहरीले जनाएको छ । घटना घटेको झण्डै दुई महिना बित्नै लागेको छ तर अहिले सम्म घटनामा सलग्न अपराधीलाई पहरी पशासनले पक्राउ गर्न नसक्नु दुखद बिषय मात्रै होईन चरम लार्पवाही रहेको नागरिक अगुवाहरुको धारणा छ । कचनपुरकी निर्मला पन्तका आफन्तजनहरुले अहिले सम्म न्याय पाउन सकिरहेका छैनन . अस्मिताको पनि उस्तै बनाउन खोजीरहेको भन्दै स्थानीय पशासन पति पिडितका आफन्तहरु आक्रामक बनीरहेका छन ।
