Amargadhi Post

भोलिको संसद बैठकको मुख्य एजेण्डा ६ अध्यादेश

अमरगढी समाचार
डडेल्धुरा,मसिर,२७ गते । मंगलबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा ६ वटा अध्यादेश पेश हुने भएको छ । संसद सचिवालयले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममा ६ वटा अध्यादेश पेश गर्ने उल्लेख छ ।

मंगलबार दिउँसो २ बजे बस्ने बैठकमा शुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त संसद अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् ।
त्यसपछि गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय० ९पहिलो संशोधन० अध्यादेश २०७८ पेश गर्नेछन् । उनले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश २०७८ र सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश २०७८ पेश गर्नेछन् ।

त्यस्तै भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादवले रेल्वे अधयादेश २०७८ पेश गर्ने, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेश गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो २ बजे बस्ने गरी संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेकी छन् । संसद अधिवेशन चालु नरहेको अवस्थामा सरकारले ल्याएको अध्यादेश संसदको पहिलो बैठकमा नै पेश गर्नुपर्ने प्रावधान छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।