Amargadhi Post

एमाले पदाधिकारीको वरियता हेरफेर, यस्तो छ नयाँ बरियताक्रम

अमरगढी समाचार
काठमाडौँ, पुस २। नेकपा एमालेले पदाधिकारीको वरियताक्रममा केही हेरफेर गरेको छ । अन्तरपार्टी निर्देशन १ जारी गर्दै एमालेले पदाधिकारीको वरियतामा केहीहेरफेर भएको जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा प्रस्ताव गरेको भन्दा केही परिवर्तन भएर वरियताको सूची अपानीमा समेटिएको छ ।शुक्रबार एमालेले जारी गरेको अपानीमा सचिवहरू मध्ये एक नम्बरमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्णराज विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्या अर्याल रहनुभएको छ ।

यसअघि गोकर्णराज विष्ट, योगेश भट्टराईलाई रघुवीर महासेठ भन्दा तल राखेर अध्यक्ष ओलीले प्रस्ताव गर्नुभएको थियो ।जुन विषय सञ्चार माध्यम मार्फत सार्वजनिक भएपछि नेतृत्वको आलोचना भएको थियो । यद्यपी एमालेले नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीलाइ अझै पूर्व माओवादीका नेताहरू भन्दा तल राखिएको छ ।

च्भबितभम

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।