Sagun Khabar
शिक्षा विकास तथा समन्वय इकाइ बैतडीमा  शिक्षकहरुको  धर्ना 

बैतडी- शिक्षा विकास  तथा समन्वय इकाई बैतडीमा  शिक्षकहरुले  धर्ना दिएका छन् । संघीय शिक्षा ऐन संशोधन गर्नुेु पर्ने माग गर्दै शिक्षकहरुले मंगलबार  शिक्षा विकास  तथा समन्वय इकाई बैतडीमा  धर्ना दिएका हुन्।

 संघीय  शिक्षा ऐनमा रहेका केही प्रावधानहरु सच्याउनुपर्ने माग गर्दै नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले तय गरेको आन्दोलनका कार्यक्रमअन्तर्गत आज  धर्ना दिइएको  शिक्षक बिनोद प्रशाद भट्टले  बताए । यसअघि जिल्लाका १० ओटै  पालिकाहरुमा पनि शिक्षकहरुले  धर्ना दिएका थिए ।

Atrya hospital

महासंघको केन्द्रीय कार्यक्रम अनुसार शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना सहित ज्ञापन पत्र बुझाइएको  शिक्षक डम्बर बोहराले  बताए । संसदमा पेश गर्ने भनिएको संघीय शिक्षा ऐनका केही प्रावधानहरु परिमार्जन गर्नुपर्ने आवश्यकता रहेकाले आफूहरु आन्दोलनमा उत्रिनु परेको शिक्षक धिर बहादुर विष्टले बताए ।

धर्ना कार्यक्रममा विभिन्न शिक्षक संगठन, जिल्लाका सामुदायि विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको  सहभागिता रहेको थियो ।  भोलि प्रदेश स्तरिय धर्ना कार्यक्रम रहेको  शिक्षकहरुको  भनाई  छ । 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update