Amargadhi Post

डडेल्धुरा अस्पताल माथी लाग्दै आएको आरोप निराधार हो की सत्य ?

अस्पताल प्रशासनले स्पष्ट जवाफ दिन सक्ला की नसक्ला ? अध्यक्ष माथीको दुरब्यबहारको चौतर्फी आलोचना ?

दृष्टीकोण ः मानबहादुर साँउद
डडेल्धुरा, पुस २४ गते । डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझामाथि बुधबार दिउसो भएको घटनालाई लिएर डडेल्धुरामा पक्ष र बिपक्षमा अभिमत जाहेर भएका छन । समाजिक सञ्जाल र डडेल्धुराका जनताको अभिमतलाई तुलना गर्ने हो भने अध्यक्ष माथी भएको आक्रमण र दुरब्यबहार लोकतन्त्र बिरोधी हर्कत भन्दै चौतर्फी आलोचना भएको छ ।
नेकपा बहुमतको भातृ संगठन कम्युनिष्ट युबा संगठन नेपालका कार्यकर्ताहरुले डडेल्धुरा अस्पतालका अध्यक्षको कार्यकक्ष प्रबेश गरेर १० बुद्धे अभियोगपत्र तथा आरोपपत्र थमाउदै अध्यक्ष ओझामाथी कालोमोसो दलेर दुरब्यबहार गरिएको घटना नियोजित थियो वा योजनाबद्ध थियो यो रहश्य एकदिन सार्बजनिक हुने नै छ तर अस्पताल माथी र त्यसमा अध्यक्ष माथी लागेको सघिन आरोपको खण्डन अस्पताल प्रशासनले कहिले गर्छ यो भने हेर्न बाँकी छ । नेकपा बहुमत ( धर्मेन्द्र बास्तोला) नेतृत्वको पार्टी संगठनका कार्यकर्ताहरुबाट भएको दुरब्यबहार प्रति अधिकाँस जनमत बिपक्षमा देखिएपनि उनीहरुले उठाएका १० बुद्धे मागका पक्षमा भने ठुलो जनमत सकारात्मक देखिन्छ । उनीहरुले उठाएका १० बुद्धे मागका सन्र्दभमा जिल्लामा रहेका बिभिन्न सरोकारवाला निकायहरुले पनि अस्पताल माथी यि र यस्ता प्रश्नको जवाफ अस्पतालबाट खोजीरहेका थिए तर पाउन सकिएका थिएनन । सन्र्दभ अस्पताल भित्र देखिएका आर्थिक बेथिती हुन या कर्मचारी भर्नाका नाममा भर्तिकेन्द्र बनाउने प्रयासको ब्यापक आलोचना भईरहेको छ ।
श्ुसासन र पारदर्शिता निकै कमजोर अबस्थामा रहेको अस्पताल भित्र स्वास्थ्य सेवा दिन प्रति दिन खस्कीदै गईरहेको थियो र अस्पताल बिकास समिति होस या अस्पताल प्रशासन कसैको चासो र ध्यानको बिषय बन्न नसक्दा अस्पताल आलोचनाको बिषय तिब्र रुपमा बनीरहेको थियो । अस्पताल भित्र कोटेशन काण्ड होस या आठ महिना सम्म एक्सरे मेसिन बिग्रीदा सम्म नत नया खरिद नत पुरानो मेसिनको मर्मत सम्भार हुन नसक्दा सेवाग्राहीहरु रिफर भईरहेको घटनालाई समेत अस्पतालले नजर अन्दाज गरेकै हो नी ? यसको जवाफ अस्पतालले दिनु पर्छ की पर्देन ? किन आम जनताको स्वास्थ्य माथीको खेलबाड भईरहेको छ ? यो अस्पताल सुदुरपश्चिमको एकमात्रै संघिय अस्पताल हो जँहा ११ औं तहको मेसु प्रमुख हुनुहुन्छ ? तर अबस्था अस्पतालको दैयनिय बनीरहेको छ तर चासो फिटिक्क छैन भन्दा हुन्छ ? के कारणले अस्पतालको यो हबिगत भयो कँहा समस्या छ किन अस्पताल बिकास समितिले स्वास्थ्य सेवालाई प्रभाबकारी बनाउन सकेन त के हो बास्तबिकता यसको गहन समिक्षा र छलफलको माध्यमबाट सुक्ष्म अध्यन गर्न जरुरी छ ।

 यो अस्पताल सरकारको मातहत ल्याउन र सघिय अस्पताल बनाउन डडेल्धुराबासीको निकै ठुलो मेहनत र पसिना बगेको छ तर अस्पताल नाम मात्रै रहयो ब्यबहारमा जिल्ला अस्पताल जत्तिको सेवा दिन नसक्दा आज र्चौतफी रुपमा अस्पताल प्रतिको कटाक्ष भईरहेको छ यसको निर्मम समिक्षा गर्न जरुरी छ । अस्पताल भित्र जे देखिएको छ ज आरोप लागीरहेको छ त्यो असत्य हो भने अस्पताल प्रशासनले खण्डन गर्न सक्नुपर्छ र जनपक्षिय बृहत अन्र्तक्रिया कार्यक्रम मार्फत भन्न सक्नु पर्छ की अस्पतालले दिईरहेका सेवा बिस्तार र गरिरहेका कामकारबाही पारदर्शिता र जवाफदेही छन भनेर । जनताका प्रश्नको जवाफ दिने गरि अस्पताल बिकास समितिले एउटा आम सरोकारवालाहरुको बृहत उपस्थितीमा सम्बाद र छलफल मार्फत अस्पतालको बृहत्तरहितका लागी सामुहिक प्रतिबद्धता सहितको घोषणापत्र सार्बजनिक गर्न जरुरी छ त्यो ठाउ सम्म हामी पुग्नै पर्छ तब अस्पताल बन्न सक्छ । अस्पतालले दिईरहेको सेवा होस या अस्पताल संचालनका बिबिध पक्षका बिषयमा थुपै असहमती र प्रश्न होलान तर ति प्रश्नको जवाफ कानुनी राज्यमा कानुनी बाटोबाट खोज्नुको सट्टा कानुनलाई हातमा लिएर जनकारबाहीको सज्ञा दिनु लोकतन्त्रको उपहास हो ।
हो तपाईहरुले उठाएका कतिपय मागहरुमा मेरो पनि सहमती छ तर ब्यक्ति माथीको आक्रमण र दुरब्यबहार गर्ने प्रक्रिया कानुन सम्मत भएन ? यस्ता प्रबृती र बिकृतीका बिषयमा बोल्नुपर्छ अवाज उठाउनु पर्छ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु पर्छ होईन भने कानुनी उपचार खोज्ने बाटोमा लाग्नु पर्छ तर यो तहको दुरब्यबहारले नत ब्यक्ति र्नै सुध्रिन्छ नत प्रणाली नै सुध्रिन्छ त्यसैले यस्ता प्रबृतीको अन्त गरेर कानुनी उपचार मार्फत अघि बढ्न सक्नु पर्छ । अस्पताल भित्र भएको घटनाको समिक्षा गर्न जरुरी छ र यस्तो कार्य दोहोरिनु हुदैन तर अस्पतालले आफ्ना कमीकमजोरीलाई सुधार गरेर अस्पताल बनाउने कुरामा लार्पवाही गर्ने छुट पनि छैन । त्यसैले अस्पतालमा भएको घटनाबाट सबैले पाठ सिक्न जरुरी छ । अध्यक्ष माथी भएको घटनाको निन्दा गर्दे अस्पतालमा देखा परेका समस्या र चुनौतीका बिषयमा भने अस्पताल प्रशासनले अक्षरसह जवाफ भने दिनै पर्छ र अस्पताल बनाउने गरि सर्बपक्षिय रुपमा समन्वय गरेर अघि बढ्नु आजको आबश्यकता हो ।
अस्पताललाई राजनितिक आखडा बनाउनु हुदैन र कर्मचारी भर्नाका नाममा भागबण्डा गर्ने दक्ष जनशक्ति अस्पताल भित्र आउन नसक्दा अस्पताल कुनै हिसाबले प्रभाबकारी बन्न सक्दैन त्यसैले योग्य र सक्षम ब्यक्तिहरुको सहभागीताले अस्पताल बन्न सक्छ त्यसका लागी लोकसेवा आयोगको प्रतिनिधी रहोबरमा कर्मचारी भर्ना गर्ने बिधी र पद्धती बसालौं तेरो मेरो होईन सक्षम कर्मचारी नियुक्तीले अस्पतालको सेवा बिस्तारमा निकै फरकपन देखिन्छ हो त्यसैले ब्यक्ति स्वार्थभन्दा माथी सबै उठ्न सक्यौ भने अस्पताल बनाउन न समय लाग्छ न कोही ब्यक्ति चाहिन्छ थिती र बिधी बसालौं यसैमा हामीसबैको बृहत्तर हित हुने छ आग्रह र पुर्बाग्रह भन्दा माथि उठेर कार्य सम्पादन गरौं जिम्मेवार ब्यक्तिहरु जिम्मेवार बन्न सिकौं तब न अस्पताल बन्छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।