अमरगढी पोष्ट समाचार
डडेल्धुरा माघ ६ गते । आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदश्य निर्वाचनका लागि डडेल्धुरामा १३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
एक मात्र प्रतिनिधि सभा सदश्य निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा राजनीतिक दलबाट र स्वतन्त्र गरि १३ जना को उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
आज विहान १० बजे देखि ५ बजे सम्म भएको उम्मेदवारी दर्तामा नेकपा एमालेबाट पुर्ब राष्ट्रिय सभा सदश्य चक्रप्रशाद स्नेही,राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तारा प्रसाद जोशी, नेपाली कम्युनिष्ट पार्टीबाट मान सिंह माल,नेपाली काँग्रेसबाट नैन सिंह महर, आम जनता पार्टीबाट खडक बहादुर ठकुराठी, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रराज भट्ट, राष्ट्रिय जनमोर्चाबाट चन्द्रदेव बि.क., राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोबिन्द खडायत र श्रम संस्कृति पार्टीबाट महेन्द्र पुन मगर, जय मातृभूमि पार्टीबाट लक्ष्मी दत्त भट्टले उम्मेदवारी दिएका छन । यसैगरी स्वतन्त्रबाट तीर्थराज उप्रेती, गौरब बहादुर ऐर र सुरेन्द्रबिक्रम रावलले उम्मेदवारी पनि उम्मेदवारी दर्ता गराएको मुख्य निर्बाचन अधिकृत अरुणकुमार कोईरालाले जानकारी दिनुभयो । प्रतिनिधिसभातर्फ एकमात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ९३ हजार ४०३ मतदाता छन ।



