Amargadhi Post

डडेल्धुरामा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न

लक्ष्मी ऐर
डडेल्धुरा माघ १५ गते । डडेल्धुरामा नेकपा (एमाले) को प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गरी अगुवा कार्यकर्ता भेला सम्पन्न भएकोछ।
बिहिबार नेकपा एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीको अध्यक्षतामा बसेको भेलामा आगामी निर्वाचनलाई केन्द्रमा राख्दै पार्टी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र निर्वाचन रणनीतिबारे विस्तृत छलफल गरी कार्ययोजना प्रस्तुत गरिएको थियो । डडेल्धुरामा नेकपा एमाले बाट २०६४ साल पछि प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा १२ बर्ष पछि सुर्य चिन्ह ल्याएुर मैदानमा आएका छु जित सुनिश्ति छ भन्दै अध्यक्ष शाहीले प्रतिनिधि सभाका उम्मेदवार पुर्व राष्टिय सभा सदस्य चक्र स्नेहीलाइ टिका खादा लगाएर विजयको अग्रिम शुभकामना पनि दिन भयो ।


यसै गरी संविधानसभा सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य ज्ञानु गैरेले नेकपा एमाले आदिवासी जनजाति महिला सीमान्तकृत वर्ग र दलितहरूको मुक्तिका लागि उठेको पार्टी भएकोले सम्पूर्ण कार्यकर्ताहरूले एकताबद्ध भएर मतदानमा सहभागिता जनाउनु हुन समेत अनुरोध गर्नुभएको छ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा डडेल्धुरा इन्चार्ज पठान सिह बोहराका अनुसार आगामी निर्वाचनमा पार्टीलाई निर्णायक जित दिलाउन कार्यकर्ताहरू एकताबद्ध भएर मैदानमा उत्रिनुपर्ने आवश्यकता औंल्याउन भयो । उहाँले एमाले जनताको पार्टी भएको उल्लेख गदै पार्टीले गरेका विकास, सुशासन र राष्ट्रिय स्वाभिमानका पक्षलाई घर–घरमा पु¥याउन निर्देशन दिनुभयोे। रास्वपाले नेपाललाई युक्रेन बनाउन खोजेकोे आरोप बोहराको थियो ।
कार्यक्रममा नेकपा एमाले डडेल्धुराका प्रतिनिधि सभाका उमेदवार चक्र स्नेहीका अनुसार यो चुनाव राष्ट्रवादी र राष्ट्रघाती विचको हो । पछिल्लो समयमा नेकपा एमाले राष्ट्रिय तथा अन्तरराष्ट्रिय हमलामा छ विदेशी चलखेल छ सबै सजक रहि देश निमानर्णमा जुटेको नेकपा एमालेको सुर्य चिन्हमा मतदान गरीदिन आग्रह गर्न भयो । आफु विधार्थी आन्दोलन देखि आज सम्म कम्यनिष्टको राजनितिमा ४ बर्ष राष्ट्रिय सभा सदस्य रहदा सुदुरपश्मिको उत्त्पिडित वर्गको आवाज, वेरोजगारी ,भोकमरी, बाढि पिडित, स्वास्थ्य,शिक्षा, कालापानी लिम्पियाधुराको आवाज देखि हरेक आवाज ससदमा पुरयाएको र वेदागी भएर इमान्दारिताका साथ विदाइ भएको उहाको भनाइ रहेको थियो । । स्नेहीले आफ्नो उम्मेदवारी दलित सीमान्तकृत वर्ग र आदिवासी जनजातिको मुक्तिका लागि रहेको जानकारी गराउँदै यसपटक सबै दलित तथा अन्य शुभचिन्तकहरूले सूर्यमा मतदान गरी विजय गराइदिनु हुन समेत आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागी अगुवा कार्यकर्ताहरूले पार्टी नेतृत्वको निर्देशनअनुसार सक्रिय रूपमा मैदानमा उत्रिने प्रतिबद्धता व्यक्त गरेका थिए।। भेलाले प्रतिनिधि सभा निर्वाचन २०८२ मा नेकपा एमालेको जित सुनिश्चित गर्न संगठनात्मक तयारीलाई तीव्रता दिने निष्कर्ष निकालेको छ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी प्रदेश कमिटी पालिका कमिटी वार्ड कमिटी र विभिन्न जनवर्गीय संगठनका केन्द्रीय सदस्य प्रदेश कमिटीका सदस्य तथा जिल्ला स्थित सम्पूर्ण जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।