Amargadhi Post

बैतडीको सिगासका खडक बिष्ट मृत्यु प्रकरण स् एक जना पक्राउ

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,माघ,२७ गते । बैतडीको सिगास गाउँपालिका–१ दुदिलाखानका ३६ बर्षीय खडकबहादुर बिष्ट मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा सोही ठाउँका ३६ बर्षीय पवन चन्दलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक निरीक्षक इन्द्रराज भट्टले जानकारी दिए । पक्राउ परेका चन्दमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टले जानकारी दिए ।

पक्राउ परेका चन्द मृतक बिष्टका बाल्यकालदेखिका साथी रहेका बताइएको छ । मृतकका आफन्तले बिष्टको हत्या भएको भन्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन् ।

आइतबार बजार जान्छु भनि हिँडेका बिष्ट सोमबार बिहान घर नजिकै मृत अवस्थामा फेला परेका थिए । घोप्टो परेको अवस्थामा उनको शव फेला परेको थियो । मृतक बिष्टको शव पोष्टमार्टम पछि आफन्तले बुझिसकेका छन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।