अमरगढी पोष्ट समाचार
डडेल्धुरा,माघ,२७ गते । स्वास्थ्य सेवामा नयाँ आयाम थप्दै धनगढीमा एक सय शैयाको सुविधा सम्पन्न केयरटेकर हस्पिटल औपचारिक रूपमा सञ्चालनमा आएको छ। म नागरिकलाई गुणस्तरीय, सुलभ र भरोसायोग्य स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य सहित स्थापना गरिएको यस अस्पतालले निजी अस्पतालमा महँगो र सरकारी अस्पतालमा भीड हुने समस्याको समाधान गर्ने विश्वास लिएको छ।
केयरटेकर हस्पिटल प्रालिका अध्यक्ष गोपालबहादुर शाहीका अनुसार यो अस्पताल केवल उपचार गर्ने स्थान मात्र नभई सेवा, संवेदना र समर्पणको प्रतिबिम्ब हो। उपचार खर्च सरकारी अस्पताल सरह र सेवा, प्रविधि तथा व्यवस्थापन निजी अस्पतालस्तरको बनाउने हाम्रो लक्ष्य हो, उहाको भनाई थियो । अस्पताललाई सेवार्मैत्री र अत्याधुनिक सुबिधा सम्पन्न बनाउने गरि अस्पताल संचालमा ल्याईएको अस्पतालका प्रशासन प्रमुख बीरबहादुर महताले जानकारी दिनुभयो । कैलालीमा थुप्रै अस्पताल संचालनमा आएपनि सस्तो भरपर्दाे र गुणस्तरीय स्वास्थ्य सेवा अस्पतालको मुल लक्ष्य रहेको महताले जानकारी गराउनुभयो ।

अत्याधुनिक सेवा र संरचना
एक सय शय्याको क्षमता रहेको यस अस्पतालमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मोडुलर अपरेसन थिएटर, २४ सै घण्टा इमरजेन्सी सेवा, जनरल मेडिसिन, महिला तथा प्रसूति रोग, हाडजोर्नी, छाला तथा सौन्दर्य रोग, मुटुरोग, न्यूरोलोजी, नाक–कान–घाँटी, डेन्टल केयर, फिजियोथेरापी, ल्याब सेवा, एक्स–रे र अल्ट्रासाउन्ड सुविधा उपलब्ध छन्।
अनुभवी, दक्ष र प्रतिबद्ध चिकित्सकद्वारा उपचार सेवा प्रदान गरिने अस्पतालले निकट भविष्यमा सिटी स्क्यान, आइभिएफ डिपार्टमेन्ट, मुटु तथा क्यान्सर डिपार्टमेन्ट सञ्चालन गर्ने योजना समेत अघि सारेको छ।
२४ घण्टा सेवा र बिरामीमैत्री वातावरण
हस्पिटलमा २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध रहेको छ भने पार्किङ सुविधा पर्याप्त छ। बिरामी र कुरुवाका लागि हरियाली वातावरणसहितको पार्क, सहज आवत–जावतका लागि एसी जडान र आरामदायी पूर्वाधार तयार गरिएको छ।
सामाजिक उत्तरदायित्वमा प्रतिबद्ध
केयरटेकर हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण क्षेत्रहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार गर्ने र कमजोर वर्गका बिरामीलाई सहुलियतपूर्ण उपचार प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

स्वास्थ्य शिक्षामा पनि लगानी
निकट भविष्यमा नर्सिङ कलेज तथा हेल्थ असिस्टेन्ट अध्ययन कार्यक्रम सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको अस्पतालले दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा समेत योगदान दिने जनाएको छ।
मानवीय सेवामा जोड
बिरामीलाई सम्मानपूर्वक सेवा, उपचारमा पारदर्शिता र पैसाभन्दा मानव जीवनलाई प्राथमिकता, यही मूल मन्त्रका साथ केयरटेकर हस्पिटल अघि बढिरहेको अध्यक्ष शाहीले बताए। स्थानीयवासीले धनगढीमै सस्तो, गुणस्तरीय र अत्याधुनिक स्वास्थ्य सेवा पाउने भएपछि केयरटेकर हस्पिटल क्षेत्रकै भरोसायोग्य स्वास्थ्य केन्द्र बन्ने अपेक्षा गरिएको छ।


