Amargadhi Post

धनगढीको केयरटेकरअस्पतालको आज उद्घाटन, ग्ुणस्तरीय स्वास्थ्य सेवा दिने प्रतिबद्धता

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,माघ,२८ गते । सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले धनगढीमा केयरटेकर हस्पिटल प्रालि औपचारिक रूपमा बुधबार उद्घाटन गरिएको छ। अस्पतालले अत्याधुनिक प्रविधि र अनुभवी चिकित्सक मार्फत सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । केयरटेकर अस्पताल प्रा.लीका अध्यक्ष गोपालबहादुर शाहीले सरकारी शुल्कमा स्वास्थ्य उपचार सेवा दिने बताए। उनले भने, धनगढीका सरकारी अस्पतालमा भिड छ। उपचार पाउन साह्रै गाह्रो छ। निजीमा शुल्क धेरै छ। हामीले सरकारी शुल्कमा सेवा दिनेछौ। पैसा कमाउनु भन्दा पनि सेवा दिने उदेश्य रहेको बताउछन ।


अस्पतालमा टाउको, दिमाग, मेरुदण्ड तथा नसा रोग, हाडजोर्नी, छाला तथा यौन रोग, नाक–कान–घाँटी, बालरोग, स्त्री तथा प्रसूति रोग, मुटुरोग, जनरल मेडिसिन, रेडियोलोजी, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी, युरो सर्जरी लगायतका विशेषज्ञ सेवा उपलब्ध गराइनेछ।

यसैगरी २४ सै घण्टा इमर्जेन्सी सेवा, स्तरीय एम्बुलेन्स, प्रयोगशाला, एक्स–रे तथा अल्ट्रासाउन्ड सेवा, आईसियु, एनआइसियु र डेलिभरी कक्षको व्यवस्था गरिएको छ। उच्च स्तरीय प्रविधियुक्त अपरेशन थिएटर र सुदूरपश्चिममै पहिलो पटक आधुनिक ‘मोडुलर’ अपरेशन कक्ष सञ्चालनमा ल्याइएको दाबी गरिएको छ।


अस्पताल व्यवस्थापनले विश्वसनीय, भरपर्दो र बिरामीमैत्री वातावरणमा सेवा दिने प्रतिबद्धता जनाएको छ।
सुदूरपश्चिममा आधुनिक, विश्वासिलो तथा जनमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यसहित अस्पताल सञ्चालनमा आएको हो। अस्पताललाई सुदुरपश्चिमको एक बिश्वसनिय र भरपर्दाे अस्पतालका रुपमा स्थापित गरिने लक्ष्यका साथ अघि बढीरहेको ब्यबस्थापकीय टिमले जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।