अमरगढी पोष्ट समाचार
डडेल्धुरा,भदौं ४ गते । संबिधान सभा सदश्य एबम बरिष्ठ समाजसेबी ज्ञानु गैरेले हरितालिका तिजलाई महिलाहरुका बिचको आपसी सद्भाबको र्पबका रुपमा लिनुपर्ने बताउनु भएको छ ।
प्रेश चौतारी नेपाल डडेल्धुराले बुधबार सदरमुकाम डडेल्धुरामा आयोजना गरेको हरितालिका तिज बिशेष कार्यक्रममा शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रमको उद्घाटन गर्नुहुदै सो कुरा बताउनु भएको हो ।

नेपाली हिन्दु महिलाको भावना, वेदना, धर्म र संस्कार मात्र नभएर अधिकार, स्वतन्त्रता, प्रेम र समर्पण, साहस र विद्रोही चेतनाको गाथा संग जोडिएको छ संबिधान सभा सदश्य गैरेले भन्नुभयो— तिज पर्बलाई धार्मिक आस्था र महिला दिदिबहिनीहरुको भेटघाट सुँख दःुख बाड्ने पर्बमा रुपमा लिन सकिन्छ । सकृय पत्रकारहरुको अगुवाई गर्ने संस्था प्रेश चौतारी डडेल्धुराले तिज बिशेष कार्यक्रमको आयोजना गरेर महिला दिदिबहिनीहरुलाई एक ठाँउमा उभ्याएर मौलिक पर्बको गरिमा बढाएको प्रति समेत उहाँले धन्यबाद ब्यक्त गर्नुभयो ।
प्रेश चौतारी नेपाल डडेल्धुराका अध्यक्ष लक्ष्मी ऐरको अध्यक्षतामा आयोजना गरिएको तिज बिशेष कार्यक्रममा शुभकामना मनतब्य ब्यक्त गर्नुहुदै अखिल नेपाल महिला संघकी केन्द्रीय सदश्य शान्ति भट्टले हरितालिका तिज पर्बलाई सभ्य र भब्य रुपमा मनाउन सम्पुर्ण दिदिबहिनीलाई अनुरोध गर्नुभयो ।

महिला दिदिबहिनीहरुले घरको चुलो देखि संसद भबन सम्म आफ्नो सकृयता देखाईरहनु भएको प्रशंग कोट्याउदै भट्टले सम्पुर्ण नेपाली महिलाहरुले तिज पर्बलाई बिशेष पर्बका रुपमा मनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष मानबहादुर साँउदले हरितालिका तिजले महिला दिदिबहिनीमा धार्मिक र समाजिक सद्भाबमा कायम हुदै आफ्ना सुख दुख बाड्ने रमाईलो गर्ने पर्बका रुपमा लिनुपर्ने बताउनुभयो । पत्रकारहरुको अग्रणी संस्था प्रेश चौतारी नेपाल डडेल्धुराले आयोजना गरेको तिज बिशेष कार्यक्रमले महिलामाथी सम्मान र सद्भाब कायम गरेर एउटै थलोमा बसेर तिज मनाउन पाउनु सुखद र राम्रो पक्ष भएको उपाध्यक्ष साँउदको भनाई थियो ।

कार्यक्रममा नेकपा एमाले प्रचार बिभाग प्रमुख सुन्दर जैरु,बरिष्ठ पत्रकार टेकराज अबस्थी,प्रेश चौतारी नेपालका प्रदेश सचिब लोकेन्द्र ओझा,महिला उद्यमी संघ डडेल्धुराकी अध्यक्ष सिता खड्का लगायतका बक्ताहरुले शुभकामना मनतब्य दिएका थिए । कार्यक्रमको संचालन प्रेश चौतारी नेपालकी सचिब ममता भट्टले गर्नुभएको थियो भने तिज बिशेष कार्यक्रममा बिभिन्न संघ संस्थामा आबद्ध महिलाहरु,महिला अधिकारकर्मी लगायतको उलेख्य सहभागिता रहेको थियो ।





