अमरगढी पोष्ट समाचार
डडेल्धुरा,भदौं,९ गते । अनेरास्ववियु जिल्ला कमिटी डडेल्धुराको आज सम्पन्न भएको भेलाबाट अधिबेशन आयोजक कमिटि गठन गर्दे सम्पन्न भएको छ । भेलाबाट अधिबेशन आयोजक समिति सर्बसम्मत चयन गर्दे भेला सम्पन्न भएको हो । भेलाले सयोजकमा योगेन्द्र सांउद र सह सयोजकमा सुजित बोहराको नेतृत्वमा १५ सदश्यिय आयोजक कमिटि चयन गरेको छ ।
सदश्यहरूमा काजल बिक, रमेश घर्ती, नीरज भुल, चाँदनी मल्ल, यादबी भट्ट, आयुश मल्ल, सुरज नाथ, वसन्त बि.क, दिनेश बोहरा, सन्दिप साँउद, दिनेश ताम्राकार, ललिता नेपाली र आयुश सुनार रहेका छन ।
भेलामा संगठनका केन्द्रीय सदस्य तथा डडेल्धुरा इन्चार्ज कृष्ण धामी, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष गजेन्द्र शाही, विद्यार्थी फाँट इन्चार्ज पुष्कर देउवा र निवर्तमान अध्यक्ष गणेश क्षेत्रीको उपस्थिती रहेको थियो । समितिले २०८२ मंसिर मसान्त भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ र संगठनलाई अझ सक्षम तथा सशक्त बनाउन काम अघि बढाउने योजना बनाएको छ।



