Amargadhi Post

गौरापर्बको मुखैमा भएको जिप दुर्घटनाले शोकमा डुब्यो चौडबान्नी

लक्ष्मी ऐर 
डडेल्धुरा,भदौं १२ गते । नबदुर्गा गाँउपालिका वडा.नं. ५ मा भएको जिप दुर्घटनाले सिङगो गाँउ शोकमा डुबेको छ । बिहिबार बिहान नबदुर्गा गाउपालिकाको टाँकथलागडा देखि डडेल्धुरा सदरमुकाम तर्फ आईरहेको से.१ ज ७३८ जिप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भिर घाईते भएपछि गाँउ नै सोकमा डुबेको हो ।
नबदुर्गा गाँउपालिका वडा नं. ५ चौडबान्नी नजिकै रहेको उपल्ली काँडे भन्ने स्थानमा दुर्घटना भएर चार जनाको घटनास्थलमै मृत्यु भएपछि गाँउ नै शोकमा डुबेको स्थानीय राजबहादुर साँउदले बताउनुभयो ।


सुदुरपश्चिमेलीको महानपर्ब हरितालिका तिज,गौरा पर्ब जस्ता महत्वपुर्ण पर्ब भित्रीएका बेला भएको दुखद जिप दुर्घटनाले ठुलो मानबिय क्षती भएको छ साँउदले भने । एउटै वडा त्यसैमा एउटै बस्ती समुदायका स्थानीयहरु दुर्घटनामा परेकाले गाँउ नै शोकमा रहेको स्थानीय अर्का करन साँउदले बताउनुभयो । सवारी चालक रामबहादुर साँउद गम्भिर घाईते भएपछि उनलाई अहिले डडेल्धुरा अस्पतालमा उपचार सम्भब नभएपछि उनलाई धनगढी अस्पताल रिफर गरिएको छ ।
उनको टाउको छातीमा गम्भिर चोट लागेको छ भने अन्य घाईतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ । मृत्युहुनेमा नबदुर्गा गाँउपालिका वडा नं.५ गजेलाकी तथा बान्नी स्कुलका शिक्षिका ४० बर्षिय तारादेबी अबस्थी रेहका छन । सोही वडाका ७२ बर्षिय कलुदेबी साँउद,नबदुर्गाकै १८ बर्षिय सुरेश साँउद र २३ बर्षिय सुरेश पार्की रहेका छन । घाईतेहुनेमा नबदुर्गा गाँउपालिका वडा नं.५ का सवारी चालक ३५ बर्षिय रामबहादुर साँउद,सोही ठाँउका ४८ बर्षिय चन्द्रबहादुर साँउद,सोही ठाँउका ४ बर्षिय प्रितका पार्की,सोही ठाँउका ४३ बर्षिया गणेशबहादुर साँउद र १८ बर्षिया सुशिला बिक रहेका छन । मृतकहरुको सनाखत भएको छ भने घाईतेहरुको उपचार कार्य सुरु भएको डडेल्धुरा प्रहरी कार्यालयका प्रहरी निरिक्षक डम्बर बहादुर बिष्टले जानकारी दिनुभयो । दुर्घटना कसरी भयो भन्ने बिषयमा थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक बिष्टले बताउनुभयो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।