Amargadhi Post

नबदुर्गा जिप दुर्घटना मृतकको संख्या पाँच पुग्यो

लक्ष्मी ऐर 
डडेल्धुरा,भदौं १३ गते । नबदुर्गा गाँउपालिका वडा नं.५ बान्नीचौडमा बिहिबार भएको जिप दुर्घटनामा परि मृतक हुनेको संख्या पाँच पुगेको छ । नबदुर्गा गाँउपालिकाको टाँकथलागडा देखि जिल्ला सदरमुकाम तर्फ आईरहेको से.१ ज ७३८ जिप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै र एक जना उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्युहुनेमा नबदुर्गा गाँउपालिका वडा नं.५ गजेलाकी शिक्षिका ४० बर्षिया तारादेबी अबस्थी,सोही वडाका ७२ बर्षिय कलुदेबी साँउद, १८ बर्षिय सुरेश साँउद,२३ बर्षिय सुरेश पार्की रहेका छन भने डडेल्धुरा अस्पतालमा उपचार सम्भब नभएर धनगढीको माया मेट्रो अस्पतालमा उपचार गराईरहेका ४३ बर्षिय गणेश साँउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । मृतकको पोष्टमाटम गरि आफन्तजनको जिम्मा लगाईएको छ । यसैगरी गम्भिर घाईते भएका नबदुर्गा गाँउपालिका वडा नं.५ का सवारी चालक ३५ बर्षिया रामबहादुर साँउदको भारतको लखनउ अस्पतालमा आईसियुमा राखेर उपचार भईरहेको छ । उनको अबस्था गम्भिर छ । यसैगरी ४८ बर्षिय चन्द्रबहादुर साँउद,सोही ठाँउका ४ बर्षिय प्रितका पार्की सोही ठाँउका १८ बर्षिया सुशिला बिकको उपचार भईरहेको छ ।


नबदुर्गा गाँउपालिकाको चौडबान्नी नजिकै रहेको उपल्ली काँडे भन्ने स्थानमा दुर्घटना भएर घटना स्थलमै चार जना र उपचारको क्रममा एक गरि पाच जनाको मृत्यु भएपछि यतिबेला गाँउ नै शोकमा डुबेको छ ।
सुदुरपश्चिमेलीको महानपर्ब हरितालिका तिज,गौरा पर्ब जस्ता महत्वपुर्ण पर्ब भित्रीएका बेला भएको दुखद जिप दुर्घटनाले ठुलो मानबिय क्षती भएपछि बान्नी चौड,गजेला,मातीखर्कका बस्ती शोकमा डुबेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।