लक्ष्मी ऐर
डडेल्धुरा,भदौं १४ गते । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले नेपाल भारत र चिनको त्रिदेशिय समस्याको समाधान आपसी समन्वय र समझदारीमा हुने बताउनु भएको छ ।
सुदुरपश्चिम प्रदेशको महत्वपुर्ण पर्बका रुपमा मानिने गौरा पर्बका लागी गृह जिल्ला बैतडी जाने क्रममा शनिबार डडेल्धुरामा आयोजित नेता कार्यकर्ताहरु संगको भेटघाट कार्यक्रममा मन्त्री भण्डारीले सो कुरा बताउनु भएको हो ।
पछिल्लो केही समययता नेपाल भारत र चिनका बिचमा केही असमझदारी बढ्या जस्तो देखिएको छ त्यसलाई समाधान गर्न सम्माननिय प्रधानमन्त्री केपी शर्मा वली नेतृत्वको सरकारले समन्वय र समझदारी मार्फत समस्याको समाधान गर्न अग्रसरता देखाईरहेको दाबी गर्नुभएको छ ।
नेपाल भारतको सम्बन्ध राजनीतिक सम्बन्धमा मात्र आधारित छैन समाजिक साँस्कृतिक र भौगौलिक दृष्टिकोणका हिसाबले पनि आपसी सम्बन्ध र समझदारी कायम राख्नु आबश्यक छ मन्त्री भण्डारीले भन्नुभयो— देशको राष्ट्रियता स्वाभिमान र सार्बभौमिकता र अखण्डताका सवालमा आँच आउने काम कसैबाट हुनुहुदैन यो हाम्रो दृष्टिकोण हो ।
मन्त्री भण्डारीले प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर आज चीनको तियान्जिनतर्फ प्रस्थान गरेको बताउनुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी भएर केही विश्व नेताहरूसँग समेत भेटवार्ता गर्ने र देशका समसामयिक महत्वका बिषयहरु समेत उठान गरिने कार्यक्रम रहेको मन्त्री भण्डारीले खुलासा गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणमा नेपालको हित र प्रतिष्ठालाई माथि उठाउनेमा आफु बिश्वस्त रहेको बताउनुभयो । चिनसंगको पारबहन सम्झौता,बिआई र सिमा सम्बन्धी समस्या र नेपालको भुमी कालापानी लिम्पीयाधुराका बिषयमा समेत आबश्यक छलफल र संम्बाद गर्ने कार्यक्रम रहेको जानकारी समेत मन्त्री भण्डारीले दिनुभयो ।

अर्काे प्रशंगमा मन्त्री भण्डारीले उद्योगीका समस्याका विषयमा सरकार गम्भीर रहेको बताउनु भएको छ । उनले उद्योग–व्यवसायहरूले अनेकौ चुनौतीको सामना गरिरहेको समेत बताउनुभयो । जलवायु परिवर्तन थप चुनौतीका रूपमा देखिएको छ, जसका कारण उद्योगीहरूले उत्पादनमा अवरोध भोगिरहेका छन । यस्तो परिस्थितिमा गुणस्तर कायम राख्दै वातावरणमैत्री प्रविधिको प्रयोग गर्नु अपरिहार्य छ मन्त्री भण्डारीले भन्नुभयो ।
उनले उद्योग व्यवसायीलाई कानुनको पालना गर्दै वातावरणमैत्री ढङ्गले उद्योग सञ्चालन गर्न प्रेरित गर्नुपर्नेमा समेत जोड दिनुभएको छ । यदि उद्योग व्यवसायीले नियम पालना गरेन भने वातावरणीय समस्या उत्पन्न हुन्छ र वातावरण, खेतीपाती तथा उत्पादनलाई हानि पुर्याउँछ मन्त्री भण्डारीले भन्नुभयो— सरकारले कडाईका साथ अनुगमन गरी समस्या समाधान गर्नेछ । मन्त्री भण्डारीले सरकारले गरेका राम्रा कामहरुलाई जनता समक्ष पुयाउनुपर्ने र नराम्रा कामका बिषयमा सरकारलाई सुझाब सहित खबरदारी गर्न समेत नेता कार्यकर्तालाई निर्देशन गर्नुभयो । अर्थतन्त्रमा केही समस्या देखापरेपनि अहिले सन्तुलन र सन्तोशजनक अबस्थामा आईपुगेको छ मन्त्र भण्डारीले भने — जनताका समस्याहरु समाधान गर्न तर्फ एकताबद्ध भएर लाग्न समेत आग्रह गर्नुभएको छ ।







