Amargadhi Post

कला सँस्कृति र एकताको प्रतिक हो गौरा पर्ब ः मेयर जोशी

लक्ष्मी ऐर 
डडेल्धुरा,भदौं १८ गते । अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशीले गौरा पर्बलाई कला सस्कृती र एकताको प्रतिकका रुपमा लिन सकिने बताउनुभयो । राधा कृष्ण मन्दिर बिकास समितिको आयोजनामा तिन दिने राष्ट्रिय गौरा महोत्सबको उद्घाटन गर्नुहुदै मेयर जोशीले गौरा पर्बले धार्मिक आस्थाको धरोहर कला सँस्कृतीको संरक्षण गर्दे एकतामा बाध्ने पर्बका रुपमा लिन सकिने बताउनुभयो ।


कला संस्कृती र सम्पदाहरुमा सुदुरपश्चिम अग्रणी स्थानमा रहेको चर्चा गर्नुहुदै मेयर जोशीले सुदुरको पहाडबाट उदाएको गौरा पर्बले राष्ट्रिय पर्बका रुपमा आकार लिईसकेको बताउनुभयो । गौरा पर्वले आपसी प्रेम, भाईचारा, सामाजिक सद्भाव,इष्टमित्र संगको भेटघाट,साँस्कृतिक परम्परा,र एकताको प्रतिकका रुपमा हेर्न सकिने उहाँको भनाई थियो । कार्यक्रममा अमरगढी नगरपालिकाका पुर्ब नगर प्रमुख विशेश्वरप्रसाद ओझाले गौरा महोत्सवले यहाँको भाषा, कला, संस्कृति र भाईचाराको सम्बन्ध बिस्तारमा ठूलो टेवा पुग्ने बताउनुभयो ।

 गौरा पर्ब सुदुरपश्चमेलीहरुले ठुलो पर्बका रुपमा लिने गरिन्छ पुर्ब नगर प्रमुख ओझाले भन्नुभयो— यो पर्ब मनाउन देश बिदेशबाट भएपनि आफ्नो जन्मथलो पुग्ने चलन छ । कार्यक्रममा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आत्मीयता, सद्भाव र आपसी मित्रतामा प्रगाड बनाउने पर्बका रुपमा लिन सकिने बताउनुभयो । यहाँको मौलिक सँस्कृती र परम्परा अपार रहेछ त्यसैमा धार्मिक आस्था बढी प्रकट हँुदो रहेछ प्रमुख जिल्ला अधिकारी गौतमले भन्नुभयो —सँस्कृतिमा डडेल्धुरा निकै अगाडि रहेको देखियो यसको संरक्षण सम्बद्र्धनमा सबैले एकजुट भएर अघि बढ्नुपर्दछ । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष मानबहादुर साँउद,नेकपा एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाही,अमरगढी नगरपालिका वडा नं.५ का वडा अध्यक्ष टकंबहादुर क्षत्री लगायतले शुभकामना मनतब्य ब्यक्त गरेका थिए ।


स्थानीय कला संस्कृतिको सम्मान तथा युवापिँढी सम्म यो पर्बलाई महोत्सबका रुपमा मनाउन सबै लाग्नुपर्नेमा उहाँहरुले जोड दिनुभएको थियो । महोत्सवमा गौरानाँच, वालो नाच, चैत, धुमारी, फाग, घुईचम्फा, हुड्केली, महिला तथा पुरुष देउडा प्रतियोगिता जस्ता कार्यक्रम गरेर गौरा पर्ब मनाइने कार्यक्रम रहेको राधा कृष्ण मन्दिर ब्यबस्थापन समिति तथा र्गौरा महोत्सब मुल समितिका संयोजक रमेश प्रशाद जोशीले बताउनुभयो ।


महोत्सवमा सुदूरपश्चिमका विभिन्न जिल्लाका देउडिया कलाकारहरू सहभागी हुनेछन । गौरा महोत्सबको पहिलो दिनमा नरबहादुर बिष्ट,तिलक हमाल,टेकराज ओझा,रमेश मल्ल,कल्पना खड्का,लोकेन्द्र ओझा लगायतका देउडीयाहरुका बिचमा खेल खेलाईएको थियो । गौरा महोत्सब २१ गते सम्म स्थानीय तथा प्रदेशस्तरीय देउडीया कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।