Amargadhi Post

डडेल्धुराका दश कार्यालय माथी आगजनी तथा तोडफोड,करफ्यु लाग्यो

लक्ष्मी ऐर 
डडेल्धुरा,भदौं २४ गते । जे एन—जीको नेतृत्वमा भएको आन्दोलनका क्रममा डडेल्धुरामा दश कार्यालय माथी आगजनी भएको छ । आगजनी पश्चात अहिले डडेल्धुरामा करफ्यु लगाएको छ ।
तिनै तहका सुरक्षाकर्मी सडकमा ओर्लिएका छन सर्बसधारण घरभित्र बसीरहेका छन । मंगलबार बिहान ९ बजे देखि सुरु भएको आन्दोलनले डडेल्धुराका १० वटा कार्यालय र सुदुरपश्चिम प्रदेश सरकारकी राज्यमन्त्री सरस्वती खड्काको घर तोडफोड गरेका छन ।


आन्दोलनकारीले नेकपा एमाले,नेपाली काँग्रेस,माओबादी केन्द्र, रास्वपा, बिपी काँग्रेस,अमरगढी नगरपालिकाको कार्यालय,करदाता सेवा कार्यालय,रुडुक, बहुउदेश्यिय बिकास समाज लगायतमा आगजनी तथा डोडफोड गरेका छन । प्रदर्शनबाट उत्पन्न परिस्थितिमा थप जनधनको क्षति हुन नदिन डडेल्धुरामा करफ्यु लगाएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । आन्दोलनका कारण डडेल्धुरामा करोडौंको क्षती भएको छ । करफ्युका कारण सर्बसधारणको जनजिबन अस्तब्यस्त भएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।