Amargadhi Post

करफ्यु लागेकै बेला डडेल्धुराका कैदीहरु कारागार तोडेर भागे

लक्ष्मी ऐर 
डडेल्धुरा,भदौं २५ गते । मंगलबार साँझ तिन बजे देखि करफ्यु लागेको सर्बसधारण बाहिर निष्कन पाईरहेका छैनन तर डडेल्धुराको कारागारमा रहेका कैदीहरु खुलेयाम भागीरहेका छन ।
बुधबार बिहान कारगार डडेल्धुरामा रहेका १२७ जना कैदीहरु जेनजी आन्दोलन जिन्दाबाद भन्दै कारागार तोडेर भागेका छन । भागेका कैदीहरुको खोजी कार्य गर्दे सुरक्षाकर्मी परिचालन भएको भएपनि नियन्त्ररणमा ल्याउन सकेको छैन । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले १२७ जना कैदी रहेकोमा ८४ जना भागेको जानकारी दिएका छन । उनका अनुसार ३३ पुरुष र ९ महिला गरि ४२ जना कारागारमै छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।