Amargadhi Post

डडेल्धुराबाट भागेको कैदीहरु धमाधम समातिदै, ६१ जना पक्राउ

लक्ष्मी ऐर 
डडेल्धुरा,भदौं २७ गते । डडेल्धुरा कारागारबाट भागेका कैदीहरु धमाधम समातिदै छन । अमरगढी नगरपालिका ५ कीर्तिपुर स्थित जिल्ला कारागारबाट भागेका ८५ जना कैदीबन्दी मध्ये ६१ जना कैदीहरु पक्राउ परिसकेका छन ।
जेएनजीले संचालन गरेको आन्दोलन पछि कारागारका कैदीहरुले तोडफोड गरि भदौं २४ गते भागेका थिए । भागेका कैदीहरु मध्ये ६१ ज्ना कैदीहरु पक्राउ गरि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी एवं प्रहरी निरिक्षक डम्बर विष्टले जानकारी दिनुभयो ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त पहलमा खोजतलास गर्ने क्रममा अहिले सम्म ६१ जना कैदी÷ थुनुवा पक्राउ गरी कारागार पठाईएको जनाएको छ ।
हाल सो कारागार कार्यालयमा १०३ जना कैदी÷थुनुवा रहेको तथा अन्यको थप खोजतलास कार्य जारी रहेको प्रहरी निरीक्षक विष्टले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशका अन्य कारागारबाट भागेर आएका कैदीहरूलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर डडेल्धुरा कारागार कार्यालयमा बुझाएको प्रहरी निरिक्षक बिष्टले जानकारी दिनुभयो ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।