अमरगढी पोष्ट समाचार
डडेल्धुरा,असोज २१ गते । सुदुरपश्चिमको एक मात्र संघिय अस्पताल डडेल्धुरा अस्पतालमा लामो समय देखि एक्सरे मेसिन बिग्रीदा बिरामीहरु मर्कामा परेका छन । अस्पतालले समयमै बिग्रीएका मेसिनहरु मर्मत वा नँया खरिद गर्न नसक्दा बिरामीहरु उपचार सेवाबाट बञ्चित हुदै आएका छन ।
सुदुरपश्चिमको सात पहाडी जिल्ला डडेल्धुरामा गत जेठ महिनाबाट एक्सरे मेसिन बिग्रीएर उपचार हुन नसक्दा अस्पताल प्रशासन गम्भिर हुन नसकेको स्थानीयको आरोप छ । यति ठुलो अस्पतालमा एक्सरे मेसिन बिग्रेर बिरामीहरुलाई थप उपचारका लागी तराईका जिल्ला हुदै भारतका बिभिन्न ठाँउहरुमा लैजानुपर्ने अबस्था सिर्जना हुनु बिडम्बना भएको समाजिक अगुवा डम्बर बहादुर साँउदले बताउनुभयो ।

अस्पताललाई हरेक दिन नभई नहुने आबश्यक उपकरण खरिद वा मर्मत गर्नमा चासो नदेखाउनु चरम लार्पवाहीको पराकाष्ठा भएको उहाँको भनाई थियो । एक्सरे मेसिनको समान देशबाहिरबाट ल्याउन नसक्दा मर्मतमै समस्या भएको डडेल्धुरा अस्पतालका हेल्थ असिस्टेन्ट तथा स्टोर साखा प्रमुख हर्क दियालले जानकारी दिनुभयो । ठुलो एक्सरे मेसिन बिग्रएको झण्डै पाँच महिना बितिसकेको छ दियालले भन्नुभयो— सानो एक्सरे मेसिन पनि बिग्रीएको थियो बनाएर ल्याईसकेका छौ । ठुलो एक्सरे मेसिन बिग्रदा छाती,पेट,ढाडको एक्सरे हुन सकीरहेको छैन र बिरामीहरु अन्यत्र जान बाध्य छन ।अस्पतालमा नँया खरिदका लागी बजेटको अभाब र मर्मतका लागी बाहिर देशबाट समान ल्याउनुपर्ने भएपछि ढिलाई भएको अस्पतालका स्टोर साखा प्रमुख दियालले जानकारी दिनुभयो । मेसिनहरु मर्मत गर्न सम्भब नदेखिएपछि केही दिन अघि मात्रै एक्सरे मेसिन लगायत अन्य उपकरणहरु खरिदका लागी टेण्डर आह्वान भईसकेको र छिट्टै नँया मेसिन आउने उहाँले जानकारी दिनुभएको छ ।
अस्पतालले नत दरबन्दी अनुसारका चिकित्सकहरु नै पाउन सकीरहेको छ नत आबश्यता अनुसारका उपकरणहरु नै खरिद गरेर सेवा दिन सकीरहेको छ । अस्पताल भित्र थुप्रै उपकरणहरु खरिद गरिएका भएपनि कैयौ उपकरण संचालनका लागी दक्ष जनशक्तिको अभाबमा थन्कीएका छन । कतै प्राबिधिक छन तर उपकरण छैनन कतै उपकरण छन त प्राबिधिक छैनन यस्तो दुरर्दशा अस्पतालले कहिले सम्म भोगीरहने होे यो सोचनीय बिषय पक्कै बनेको छ ।



