Amargadhi Post

डडेल्धुरामा खोरेत रोग संक्रमण नियन्त्रणका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

टेकराज अवस्थी
डडेल्धुरा,असोज २९ गते । घरपालुवा जनाबरमा देखिने खोरेत रोग संक्रमण नियन्त्रणका लागि जिल्ला स्तरिय एक दिने अभिमुखिकरण कार्यक्रम बुधबार डडेल्धुरामा सम्पन्न भएको छ ।
डडेल्धुरा जिल्लाको दक्षिणि सिमाना तथा कञ्चनपुर र कैलाली जिल्लाका उत्तरी भूभागमा देखिएको संक्रमण डडेल्धुरामा सर्न सक्ने संभावनालाई समयमै नियन्त्रण र उचित व्यवस्थापनका लागि जिल्लाका सातवटै स्थानीय तहका पशुपंक्षी शाखा प्रमुख तथा पशुपंक्षी खोप कार्यकर्ताहरुलाई खोरेत रोग सम्बन्धि बिबिध जानकारी र उपचारको व्यवस्थाका बिषयमा जानकारी दिईएको थियो ।
विद्यमान कानूनी व्यवस्था, प्राबिधिक पक्ष लगायत स्थानीय किसानले गर्दै आएको अभ्यास र भोग्दै आएका समस्याका बारेमा समेत अन्र्तक्रिया कार्यक्रमका सहभागीहरु बिच ब्यापक छलफल भएको थियो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका कार्यालय प्रमुख देवराज भट्टको सभापतित्वमा सम्पन्न भएको उक्त अभिमुखिकरण कार्यक्रममा प्रमुख अथिति तथा सुदूरपश्चिम प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशक डा.बिनोद कठायतले खोरेत रोगका बिबिध विषयमा जानकारी गराउनु भएको थियो । उहाँले सरकारले गर्दे आएको प्रयास र विद्यमान अवस्था र किसानका समस्या समाधानका लागि सामुहिक प्रयासका बिषयमा समेत चर्चा परिचर्चा गर्नु भएको थियो । कार्यक्रममा डडेल्धुरा जिल्लाको सिमाबर्ती क्षेत्रमा बढि जोखिम रहेपनि जिल्लाका अन्य स्थानमा पनि खोरेत रोग परम्परागत रुपमा देखिने गरेको र जिल्लाका पशुधनलाई स्वस्थ बनाउन, उत्पादन स्वस्थकर र सुरक्षित बनाउन तथा किसानलाई निरुत्साहित हुनबाट बचाउने गरि यस समस्यालाई समाधान गर्न किसान तह, स्थानीय तह, पालिकामा कार्यरत खोप कार्यकर्ता, कर्मचारी र जनप्रतिनिधि चनाखो हुनुपर्ने र पशुपंक्षीको सुरक्षाका लागि आवश्यकता अनुसार बजेट विनियोजन पनि गर्नुपर्नेमा उहाले सुझाब दिनुभएको थियो ।
विशेष गरि गाईभैंसी, बंगुर र भेडाबाख्रामा बढि देखिने भएकोले यि घरपालुवा जनाबरमा खोरेत रोगको संक्रमण भएकाहरुबाट प्रति घण्टा ६० किलोमिटर सम्म हावाबाट संक्रमण फैलाउन सक्ने भएकोले संबेदनशिल भई उपचार गर्न सबै तहका सरकारसँगको समन्वय सहकार्य आवश्यक रहेकोमा सबैको यसमा बिशेष ध्यानदिनुपर्नेमा निर्देशक डा.कठायतले जानकारी दिनुभएको थियो ।
कार्यक्रमलाई समापन गर्नुहुदै पशुसेवा बिज्ञ केन्द्र डडेल्धुराका प्रमुख भट्टले खोरेत रोगको संक्रमण निष्प्रभाबी बनाउन र उपचार प्रणालीलाई थप प्रभाबकारी बनाउन पशुस्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड दिनुभयो । उक्त अभिमुखिकरण कार्यक्रममामा जिल्लाका सात वटै पालिकाका पशुसेवा शाखाका प्रमुख तथा प्रतिनिधीहरु र विभिन्न वडामा कार्यरत ३५ जना पशुस्वास्थ्यकर्मी र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।