एमाले डडेल्धुराको जनप्रर्दशनले भन्यो ः जेनजीका नाममा हिसा मच्चाउदै लुटपाट गर्ने माथी अबिलम्ब कारबाही गर
लक्ष्मी ऐर
डडेल्धुरा,कार्तिक २९ गते । नेकपा एमाले डडेल्धुराले शनिबार सदरमुकाममा गरेको जनप्रदर्शन मार्फत जेनजीका नाममा लुटपाट गर्दे हिंसा मच्चाउनेहरु माथी अबिलम्ब कारबाही गर्न सरकारलाई आग्रह गरेको छ ।
नेकपा एमाले पार्टी कार्यालय तुफाँनडाडाबाट निकालिएको जनप्रर्दशन सहितको ¥याली बजार परिक्रमा गर्दे भीमदत्त चौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्नुहुदै नेकपा एमालेका केन्द्रीय सदश्य एबम पुर्ब मन्त्री पठानसिह बोहराले जेनजीका नाममा भएको हत्या हिसा र लुटपाट गर्नेमाथी सरकारले अबिलम्ब छानबिन गरि दोशी उपर कारबाही गर्न ढिलाई गर्न नहुने बताउनुभयो ।
आन्दोलनका नाममा आगजनी र लुटपाट गर्ने सुरक्षा निकायका हतियार गोलीगठ्ठा र कारागारबाट फरार भएका कैदीहरु अहिले सम्म पनि नियन्त्ररणमा ल्याउन नसक्नु सरकारको असक्षमता रहेको आरोप समेत नेता बोहराले लगाउनु भयो । सरकारले चुनाबको घोषणा गरेको भएपनि अझै चुनाबको बिश्वसनिय बाताबरण बन्न नसकेको भन्दै नेता बोहराले संसद पुर्नस्थापना अहिले अपरिहार्यता भएको बताउनुभयो ।

कोणसभामा नेकपा एमालेका प्रदेश कमिटि सचिबालय सदश्य गजेन्द्र शाही,ज्ञानु गैरे एमाले नेता एबम पुर्ब राष्ट्रिय सभाका सदश्य चक्रप्रशाद स्नेही र एमाले डडेल्धुरा अध्यक्ष गजेन्द्र शाहीले बर्तमान समस्याको समाधान संसद पुर्नस्थापना भएको बताउनु भएको छ । उहाहरुले जेनजीका नाममा भएको हिसा र लुटपाटमा संलग्न जो सुकै हुन कारबाहीको दायरामा ल्याएर बिधीको शासनको प्रत्याभुत गराउनुपर्नेमा जोड दिनुभयो ।

एमाले डडेल्धुराका सचिब शिद्धराज भट्टले संचालन गरेको उक्त कोणसभामा बोल्ने बक्ताहरुले भदौ २३ र २४ गते भएको घटनाको निष्पक्ष छानबिन, संसद् पुनःस्थापना, तथा आन्दोलनका क्रममा भएका लुटपाट हिसा हत्या जस्ता घटनाहरुको सत्य–तथ्य छानबिनको माग गर्नुभएको थियो । आज देशभर एमालेले सदभाब ¥याली तथा बिरोध सभाको कार्यक्रम गर्ने केन्द्रीय सर्कुलर अनुसार डडेल्धुरा लगायत ७७ जिल्लामै बिरोध प्रर्दशन गरिएको थियो ।




