लक्ष्मी ऐर
डडेल्धुरा,मसिर,१० गते । सुदुरपश्चिम प्रदेश स्तरिय युबा योग शिबिर डडेल्धुरामा संचालन हुने भएको छ ।
यही मसिर १२ गते देखि १७ गते सम्म डडेल्धुरा सदरमुकाममा संचालन हुन गईरहेको योग शिबिर निशुल्क आवाशिय ब्यबस्थापन सहित आयोजना हुन लागेको हो ।
संस्कार,संस्कृती तथा स्वाभिमान सहितको ६ दिवशिय योग शिबिरमा १८ बर्ष देखि ३५ बर्ष सम्मका युबा युबतीहरु सहभागी हुन लागेका हुन ।
योग समिति,महिला योग समिति र युबा नेपाल समितिको आयोजनामा हुन लागेको आवाशिय युबा योग शिबिरमा सुदुरपश्चिम प्रदेशका युबाहरु सहभागी हुने सुदुरपश्चिम योग प्रभारी गोबिन्द खडायतले जानकारी दिनुभयो ।
योग शिक्षाको अहिलेको आबश्यकता र महत्वका बिषयमा शैद्यान्तिक र प्रयोगात्मक दुबै बिषयमा प्रशिक्षण दिईने आयोजकले जनाएको छ । संगितका ब्यायमबाट गरिने योगहरु,एकाग्रता र स्मरण शक्ति बढाउने बिधीहरु । आयुबेद तथा जडीबुटीको बारेमा समेत जानकारी गराईने यो योग शिबिर महत्पुर्ण रहने बताईएको छ ।
योग शिबिरका सहभागीहरुले कमफर्टबेल युनिफमहरु अनिवार्य रुपमा लगाउनु पर्ने र तालिम अबधीभर खाना बस्नको समेत उचित ब्यबस्थापन गरिने आयोजकले जनाएको छ ।


