Amargadhi Post

एमाले महाधिबेशन ः डडेल्धुराबाट पाँचजना प्रतिनिधी छनौट

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,मसिर १३ गते । नेकपा एमालेको आसन्न ११ औं राष्ट्रिय महाधिबेशनका लागी एमाले डडेल्धुराले पाँचजना प्रतिनिधी छनौट गरेको छ । । बुधबार देखि सुरु भएको प्रतिनिधी छनौटको प्रक्रिया थालनी भएपनि आकाक्षी उम्मेदवारहरुका बिचको रसाकस्सीका बाबजुत शनिबार दिउँसो प्रतिनिधी छनौटको टुङगो लागेको हो ।
पाँचजना प्रतिनिधी छनौट गर्नुपर्नेमा १४ जना आकाक्षी देखिएपछि बल्ल सहमतीमै प्रतिनिधी छनौट गरिएको थियो ।
प्रतिनिधी छनौटमा सुदुरपश्चिम प्रदेश कमिटि सचिबालय सदश्य गजेन्द्रबहादुर शाही र पार्टि जिल्ला अध्यक्ष गजेन्द्र शाही पुर्ब राष्ट्रिय सभा सदश्य चक्रप्रशाद स्नेही,युबा प्रतिनिधी ज्ञानेन्द्रसिह भाट र महिला सदश्यबाट कृष्णा ओझा चयन भएका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।